टंकीसिनवारी जेसीजद्वारा ६ दिने उद्यमशिलता विकास तालिम

<span class='c1'>टंकीसिनवारी जेसीजद्वारा ६ दिने</span> <span class='c2'>उद्यमशिलता विकास तालिम</span>

विराटनगर । बुढीगंगाको टंकीसिनवारी जेसीजले युवाहरुलाई ६ दिने उद्यमशिलता विकास सम्बन्धि तालिमको आयोजना गर्ने भएको छ।

जेसीजद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा बुढीगंगा गाउँपालिकासँगको सहकार्यमा आगामी जेठ ९ गते देखि १४ सम्म तालिम आयोजना गर्न लागेको जानकारी दिईएको छ ।

बुढीगंगाका सात वटा वडाहरुबाट १०-१० जनाको दरले ७० जना तालिमका सहभागी छनौट गरिने टंकीसिनवारी जेसीजका अध्यक्ष नवराज साहले जानकारी दिनुभयो । ख्यातीप्राप्त व्यक्तिहरुबाट तालिमका सहभागीलाई सहजीकरण हुने उहाँले बताउनुभयो ।

तालिममा उत्कृष्ट भएका र नयाँ उद्यम शुरु गर्न चाहने युवाहरुका लागि गाउँपालिकाले विउ पुँजी उपलब्ध गराउने योजना बनाईएको गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमा युवाको उद्यमशिलता विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्