विराटनगरको सजिलोमा आठ वर्षमा २५ हजार मेम्बर, वार्षिक उत्सवमा सबैको सम्झना

विराटनगरको सजिलोमा आठ वर्षमा २५ हजार मेम्बर, वार्षिक उत्सवमा सबैको सम्झना

विराटनगर । विराटनगर–४ स्थित सजिलो जीम एण्ड फिटनेस सञ्चालन भएको आठ वर्षमा २५ हजारले सेवा लिएका छन् । मंगलबार आठौं वार्षिक उत्सवको अवसरमा सजिलोले आफ्नो जीम मेम्बर बनेका सबैप्रति सम्मान व्यक्त गर्दै मनाएको हो ।

आठवर्ष अगाडी विजय साहले स्थापना गरेको जीम अहिले सन्जय साहले नेतृत्व गर्दै आएका छन् । भाईको दुर्घटनामा निधन भएपछि दाजुले सम्हाल्दै आएको जीममा हालसम्म २५ हजारले सेवा लिईसकेको उनले जानकारी दिएका हुन् ।

आठौं वार्षिक उत्सवको अवसरमा आफ्ना जीम सदस्यहरुलाई सम्मान गरिएको थियो । सजिलोको सदस्य भई विभिन्न इभेन्टहरुमा सहभागि भई उत्कृष्ट भएकाहरुलाई सञ्चालक साहले सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेका हुन् ।

सजिलो विराटनगरमा सबैभन्दा पहिला कार्डियो एक्ससाइज भित्र्याउने जीम एण्ड फिटनेस क्लवमा पर्दछ । दैनिक कार्डियो–कार्डियाक, स्टेचिङ्ग र आईरन वर्क गर्ने अवसर त्यहाँ पुग्ने सेवाग्राहीले पाउँदै आएका छन् । निरन्तर जीममा आवद्ध भएका मेम्बरहरुका लागि आठौं वार्षिक उत्सवको अवसरमा विभिन्न छुटहरुको अवसर दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्