ओबी समाचार प्रभाव : विराटनगरमा ब्रोसर बाँडेर सडक फोहोर पार्ने नियन्त्रणमा, संस्थाका सञ्चालकलाई महानगरमा बोलाइयो

<span class='c1'>ओबी समाचार प्रभाव : विराटनगरमा ब्रोसर बाँडेर सडक</span> <span class='c2'>फोहोर पार्ने नियन्त्रणमा, संस्थाका सञ्चालकलाई महानगरमा बोलाइयो</span>

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक प्रचारका लागि विद्यार्थीलाई ब्रोसर बाँडेर सडक फोहोर बनाएको भन्दै दुईजनालाई पक्राउ गरेको छ ।

बालबालिका प्रयोग गरेर प्रचार सामाग्री विद्यार्थीको हातमा थमाउने अनि सडकमा जथाभावी फोहोर बनाउनेहरुमाथि महानगरपालिकाले कारवाही थालेको हो ।

महानगरको सरसफाई शाखाको टोलिले मंगलबार विराटनगरको निलसदनबाट दुईजनालाई पक्राउ गरेको छ । शिक्षा फाउण्डेशनको प्रचार सामाग्री वितरण गरिरहेका १८ र १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएर सञ्चालकलाई महानगरपालिकामा झिकाइएको सरसफाई शाखाका किरण न्यौपानेले जानकारी दिएका छन् ।

प्रचार सामाग्री वितरण गर्न बालबालिका प्रयोग गरेको विषयमा समेत कन्सल्टेन्सीका सञ्चालक, कलेजका सञ्चालक, इन्ष्टिच्यूटका सञ्चालकलाई कारवाही हुनेछ । यसैगरी फोहोर मैला निस्कासन, संकलन, तथा अन्तिम बिसर्जन सम्बन्धि निर्देशिका २०६८ बमोजिम समेत कारवाही गरिने न्यौपानेले जानकारी दिए । यो निर्देशिका अनुसार कसैले सडकमा फोहोरमैला फ्याँके पाँच हजारदेखि एकलाखसम्म जरिवाना हुनेछ ।

महानगरपालिकाले तीनदिन अगाडी नै आठ वटा शैक्षिक संस्थालाई पत्राचार गरिसकेको छ । कान्तिपुर इन्ष्टिच्यूट, निहारिका कलेजलगायतलाई पत्राचार गरेर महानगरपालिकामा आउन भनिएको छ ।

यसैगरी मंगलबार सडकमा भेटिएका प्रचार सामाग्री संकलन गरेर थप शैक्षिक संस्थालाई पत्राचार गरिने भएको छ ।
उने संस्थाहरुलाई धमाधम कारवाही अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्