परीक्षा मर्यादित बनाउन नेबिसंघ मोरङको माग

<span class='c1'>परीक्षा मर्यादित बनाउन</span> <span class='c2'>नेबिसंघ मोरङको माग</span>

विराटनगर । नेपाल विद्यार्थी संघ मोरङले निजी कलेजहरुले शैक्षिक गुणस्तरमा ध्यान नदिएपनि कलेजको नामका लागि विद्यार्थीलाई परीक्षामैत्री बनाउन खोजेको आरोप लगाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाउँदै नेविसंघले परीक्षामा प्रलोभन र धम्की दिएर विद्यार्थीलाई हतोत्साहित गरेको भन्दै तत्काल नियमन गर्न आग्रह गरेको हो ।

नेबिसंघले हालै कक्षा १२ को परीक्षामा विराटनगरका कतिपय परीक्षा केन्द्रमा धम्की र प्रलोभन तथा काखा र पाखा गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका जिल्ला सभापति सरोज पोखरेलद्वारा हस्ताक्षरीत ज्ञापनपत्रमा भनिएको छ–विद्यार्थीलाई चिट चोराउने प्रलोभनमा पार्ने वा नमाने धम्की दिने कार्य खेदजनक रहेको छ ।

नेबिसंघले शिक्षा ऐन २०७६ मा उल्लेख भए अनुसार प्रत्येक निजी विद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति प्रदान गरिनुपर्नेमा त्यसो भईनरहेको भन्दै तत्काल कानुन कार्यन्वयन गराउन परीक्षा बोर्डसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2