विराटनगरका तीन वडाका स्थानीयले प्रयोग गर्ने सडक बत्तिविहीन, दुर्घटनाको जोखिम

विराटनगरका तीन वडाका स्थानीयले प्रयोग गर्ने सडक बत्तिविहीन, दुर्घटनाको जोखिम

विराटनगर । विराटनगरका तीनवटा वडालाई समेट्नै कोशी राजमार्गदेखि आईसिपी जोड्ने लिंक रोडमा बक्ति नहुँदा दुर्घटनाको जोखिम बढेको छ । कोशी राजमार्गसँग आईसिपी जोड्ने साढे चार किलोमिटर दुरीको लिंक रोडमा रातको समयमा सर्वसाधारणलाई हिडडुँलमा समस्या परेको हो ।

आईसिपी क्षेत्रमा भन्सार सञ्चालनमा आएपछि त्यहाँ दैनिक ३०० बढी मालवहाक सवारीको आउजाउ हुने गरेको छ । ठूला सवारी हिड्ने यो सडकमा सर्वसाधारण पैदल तथा साइकल, सिटी रिक्सा, साना सवारी र मोटरसाइकलमा हिड्ने गरेका छन् । तर, उनीहरुका लागि सडकमा बक्ति नहुँदा समस्या परिरहेको छ । विराटनगर १४, १७ र १८ नम्बर वडाका दक्षिणवर्ती क्षेत्र, जहदा गाउँपालिकाका स्थानीयले दैनिक प्रयोग गर्ने सडक भएपनि अध्याँरोका कारण जोखिम बनेको हो ।

विराटनगरका १८ का वडा अध्यक्ष जीतेन्द्रकुमार साहले सडक बक्ति हाल्नका लागि बिद्युत प्राधिकरणलाई बारम्बार पोल विस्तारको अनुरोध गरिएको बताउँछन् । उनका अनुसार बक्ति राख्नका लागि उक्त सडक सञ्जाल भित्र बिद्युत आपूर्ति छैन । अर्थात् उक्त सडक हुँदै बिद्युतका पोलहरु नै छैनन् । वडा अध्यक्ष साहका अनुसार सडक बक्तिकै लागि भएपनि पोल विस्तार गर्न आग्रह गरिएको छ । त्यस बाहेक बजेट अभाव हुँदा सोलारको विकल्प दिन नसकिएको साहले बताएका छन् ।

राजमार्गसँग आईसिपीलाई जोड्ने यो सडक चारलेनमा विस्तारको तयारी भईरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले लिंक रोडलाई दुई लेनबाट चार लेन बनाउने योजना अनुसार अहिले प्रारम्भिकस्तरको काम सुरु गरेको छ । यसमा एडिबीले लगानी गर्नेछ । त्यसपछि इन्डरमोडलले नै त्यहाँ बक्ति जडान गर्नेछ । तर, यो सडक विस्तारको प्रारम्भिक प्रक्रिया मात्रै सुरु भएकोले बक्ति राख्न अझै केहि वर्ष लाग्नेछ । स्थानीयले भने दुर्घटनाको जोखिमसँगै रातको समयमा महिला तथा बालबालिकालाई हिड्न असहज भएको भन्दै तत्काल उज्यायोको सुविधा दिनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्