विराटनगर । नाबालिका छोरीलाई घरमै जर्बरजस्ती करणी गरेको आरोपमा प्रहरीले संलग्नलाई पक्राउ गरेको छ । गत बैशाख २९ गते भएको घटनामा नाबालिका छोरीमाथि जर्बरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार बिहान ८ बजेको समयमा ५५ वर्षीया पुरुषले छोरीलाई करणी गरेको उजुरी परेपछि बिहीबार पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको हो ।