विराटनगरकी सुम्निमा खापुङ्ग ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ मा थर्ड रनरअप

विराटनगरकी सुम्निमा खापुङ्ग ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ मा थर्ड रनरअप

विराटनगर । विराटनगरकी मोडल सुम्निामा खापुङ्ग ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ मा ३ वटा टाईटल सहित थर्ड रनगरअप हुन सफल भएकी छन् ।

विराटनगर ११ पिचरा निवासी २४ वर्षीय खापुङ्गले काठमाडौँमा सनुर्भी इन्टरनेशनल प्रालिको आयोजमा गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’मा थर्ड रनरअप भएकी हुन् ।


उनले मल्टिमिडिया ट्यालेन्ट,मिस ट्यालेन्ट ,मिस सोसल ईन्प्याक्टको टाईटल हात पारेकी थिईन् । सुम्निमा खापुङ्ग मिस पुर्वेली २०१५ की विजेता समेत हुन् । उनले यस बाहेक आधा दर्जन बढी म्युजिक भिडियो र नेपाली फिल्ममा सह-नायिकाहरुको भुमिका समेत गरीसकेकी छिन् । खापुङ्ग अहिले नर्सिङ्ग पेशामा आवद्धता छिन् ।

यसैबीच ‘मिस्टर नेसनल नेपाल २०२३’ शिशिर वाग्ले, ‘मिस नेसनल नेपाल २०२३’ समा पराजुली, ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेशनल नेपाल २०२३’ प्रज्ज्वल ताम्राकार बनेका छन् । चारैजनाले सोही शीर्षकअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै, प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे तथा तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बूलाई घोषित भएका थिए । कार्यक्रमका आयोजक डा.सन्तोष उपाध्यायले कार्यक्रम आयोजना गरेर युवाका लागि मञ्च निर्माण गरेको बताए ।

प्रतियोगितामा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० जना सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्