विराटनगरका सन्दिप अभिनित ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक

विराटनगरका सन्दिप अभिनित ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक

विराटनगर । विराटनगरका सन्दिप अभिनित ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक भएको छ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।

ग्रामीण जीवन, वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या,अन्तरजातिय प्रेममा आउने उतार-चढावलाई रोचक ढंगले प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता विनोद न्यौपानेको अभिनय र कमिक टाइमिङ राम्रो छ ।

आगामी जेठ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोदका साथै बुद्धि तामाङ, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कँडेल, स्व. जयनन्द लामा आदिको अभिनय रहेको छ ।

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको फिल्मले २०७९ सालमा काठमाडौंमा सम्पन्न चौंथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको थियो ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन, राज सागरको संगीत, शास्वत श्रेष्ठको ब्याकग्राउन्ड म्युजिक, कविराज गहतराज र गम्भीर विष्टको करियोग्राफी, इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठको गीतमा आवाज रहेको छ ।

ट्रेलर हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्