विराटनगरमा दिल्लीको लोकप्रिय चुरचुर नान ‘गुडफुड’ मा

विराटनगरमा दिल्लीको लोकप्रिय चुरचुर नान ‘गुडफुड’ मा

विराटनगर । यदि तपाई भारतको दिल्ली जानुभएको छ भने त्यहाँको बिशेष खाजाको रुपमा "चुरचुर नान" निकै लोकप्रिय छ ।

पंजावबाट आएको यो "चुरचुर नान" अब विराटनगरमा पनि पाइने भएको छ ।

विराटनगरको देवकोटा चोकमा रहेको उक्त रेस्टुरेन्ट विराटनगरका विकास जिसीले संचालनमा ल्याएका हुन् ।

गुडफुड रेस्टुरेन्ट नाम दिइएको उक्त ठाउँमा भेज/नन भेज चुरचुर नानका साथै तन्दुरी नान , म:म , चाउमिन, भेज/ननभेज बिरयानी, स्प्रिङ रोल,क्रिम चिकन लगायतका फास्टफुड समेत पाइने संचालक जिसीले जानकारी दिए ।

भारत भ्रमणको क्रममा दिल्लीमा चुरचुर नानको स्वाद लिएपछि विराटनगरमा पनि यसलाई चखाउन सकिने उदेश्यले रेस्टुरेन्ट संचालन गरिएको पनि उनले बताए । विराटनगरमा संचालनमा आएको छोटो समयमा नै चुरचुर नानको क्रेज बधाई गएको उनले सुनाए । उक्त नान बनाउन उनले भारतबाट नै भट्टी लिएर आएका छन् ।

गुडफुडमा सबै उमेर समुहका ग्राहक आउने गरेका छन् भने बिशेषगरी मारवाडी समुदायमा नान लोकप्रिय भएको उनको दाबी छ। रेस्टुरेन्टबाट होम डिलेभरीको समेत सुविधा रहेको संचालक जिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्