प्रेम देवान
विराटनगर । ‘खेदकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने नाराका आन्तरिक पर्यटन प्रबर्द्धनका लागि कोसी प्रदेश सरकारले हाफ म्याराथन दौड प्रतियोगिता गराएको छ ।
कोसी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले शनिबार विहान विराटनगरको सीमावर्ती क्षेत्रमा रहेको विराटराजाको दरबार क्षेत्रदेखि सुनसरीको पर्यटकीय क्षेत्र बर्जुतालसम्म हाफ म्याराथन गराएको हो ।
उक्त म्याराथनको कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले उद्घाटन गर्नुभएको थियो । उद्धघाटन कार्यक्रममा कोशी प्रदेशका सासद अमृत अर्याल नेपाल सेना, नेपाल प्रहरी र सशस्त्रका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
हाप म्याराथनमा महिलालाई रानी भेडियारीदेखी मलाय रोड सम्म ५ किलोमिटर म्याराथन दौड गराइएको थियो । म्याराथनमा कोशी प्रदेशका विभिन्न जिल्ला र विभागिय टिमहरुको सहभागिता रहेको थियो ।
यसैविच पुरुष तर्फ भाग लिएका खेलाडीहरुले विराटनगरको भेडियारीदेखि बर्जुतालसम्म २३ किलोमिटरको दुरी पार गरे । म्याराथनमा नेपाली सेनाका नरेन्द्रसिंह रावल प्रथम भए । उनले २३ किमी १ घण्टा १७ मिनेट २८ सेकेन्डमा पार गरेर नगद १ लाख पुरस्कार प्राप्त गरे।
त्यस्तै नेपाली सेना कै कुमार शाहीले १ घण्टा १८ मिनेटमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान हासिल गरेर ७५ हजार हात पार्दा बैतडीका म्याराथन धावक मोहनदेव जोशीले १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा दुरी पार गरेर तेस्रो स्थान हासिल गर्दै ५० हजार नगद प्राप्त गरे ।
त्यसैगरी, नेपाली सेनाका होमलाल श्रेष्ठले १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा, श्रीकाश राईले १ घण्टा १९ मिनेट ५१ सेकेण्डमा र सशस्त्र प्रहरीका किरणसिंह बोगटीले १ घण्टा २० मिनेट ५ सेकेण्डमा निर्धारित दुरी पार गरेर नगद १५ हजार सानत्वना पुरस्कार प्राप्त गरे ।
म्याराथनमा महिलातर्फ नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भइन्। उनले ५ किलोमिटर दुरी १९ मिनेट ४ सेकेण्डमा पार गर्दै २५ हजार प्राप्त गरिन्। सशस्त्र प्रहरीकीे सिमा चौधरीले १९ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गरेर २० हजार तथा नेपाल प्रहरीकी तिर्सना कुमालले १९ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेर २० हजार प्राप्त गरिन्। २० मिनेट १६ सेकेण्डमा दूरी पार गर्दै विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरेर १५ हजार पुरस्कार प्राप्त गरिन्। त्यस्तै भोजपुरबाट आएकी ११ बर्षिया विनिता राई र १० बर्षिया जुही राई लाई पनि प्रदेश सकारले हौसला प्रदान गर्दै नगद ५ हजार सहित प्रमाणपत्रले सम्मान गरेको थियो ।
कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजना गरेको प्रतियोगितामा ७३ जनाले प्रतियोगितामा सहभागी जनाएका थिए जस मध्ये पुरुष तर्फ ५४ र महिला तर्फ १९ जना सहभागी भएको मन्त्रालयका डाक्टर संजिव कुमार राईले जानकारी दिनुभयो ।
ऐतिहासिक विराट राजाको दरबार क्षेत्रलाई हिन्दू धर्मालम्बीहरुको महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न सकिने र त्यसबाट विशेष गरी भारतीय पर्यटकहरुलाई आकर्षित गरी नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ ।
म्याराथनको समापानमा बोल्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।