बर्दी लगाएको प्रहरीको महत्वपूर्ण भुमिका हुन्छ : मुख्यमन्त्री कार्की

बर्दी लगाएको प्रहरीको महत्वपूर्ण भुमिका हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी रहेका बताएका छन् ।

मुख्यमन्त्री कार्कीले आज (आइतबार) वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायमा महत्तवपूर्ण अंग प्रहरी रहको बताउदै बर्दी लगाएको प्रहरीको महत्तवपूर्ण भुमिका रहेको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश संरचनामा प्रहरी नपरेको बताउदै प्रदेश सरकारले समन्वय गरेर अगाडि बढीरहेको बताए ।
‘अहिले पनि प्रहरी समायोजनको काम अगाडि बढेको छैन ।,’ उलने भने,‘ प्रधानमन्त्री ज्युलाई भेटेर कुरा राख्दा चाडै समायोजन प्रक्रिया अगाडि बड्छ भन्ने आश्वासन पाएका छौँ। ’

प्रहरीको दर्दनाक अवस्था रहेको बताउदै मुख्यमन्त्री कार्कीले कतिपय ठाउँमा अपराधी बाइक ,कारमा हिड्ने र प्रहरी साइकल ,मोटरसाइकलमा हिड्नु पर्ने अवस्था रहेको बताए । ‘प्रहरीका सवारी साधन ,स्रोत पर्याप्त नभएको अवस्था छ, उनले भने,‘प्रदेशले बजेट बनाउदा प्रहरीलाई केही गर्न सक्ने अवस्था छैन समन्वय मात्र गर्ने हो ।’विपद ब्यबस्थापनमा नेपाली सेना ,शसस्त्र र प्रहरीले धेरै राम्रो काम गरेको उल्लेख गर्दै उनले प्रदेश सरकारले पनि विपद निति तयार पारेको बताए ।

‘२०८०-०८१ को निति तथा कार्यक्रममा हाम्रो आन्तरिक राजस्व लगायत अन्य क्षेत्रको उत्पादन ,आयर्जन वृद्धि गर्दै स्थानीय सरकारसग सहकार्य गर्दै अगाडि बढ्ने छौ ।’ उनले भने ।
कोरोनाको कारणले गर्दा भवन निर्माण ढिलो भएको बदाउदै उनले आगामी दिनमा भवन निर्माण गर्दा तोकिएको समयमा नै सम्पन्न गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जाड दिए ।

२०७५-०७६ को बजेटमा प्रदेश प्रहरी कार्यालय सहित ५४ वटा भवन निर्माण गर्ने बजेट बिनियोजन गरेको बताउदै उनले भने,‘ आजको मितिसम्ममा धेरै सुबिधा सम्पन्न भवन बनिसकेका छन् ।’ उद्धघाटन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाई, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, मोरङ जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्