विराटनगरमा गाँजा तस्कर लखेट्दा प्रहरी घाईते

विराटनगरमा गाँजा तस्कर लखेट्दा प्रहरी घाईते

विराटनगर । विराटनगरमा गाँजा तस्करलाई पक्राउ गर्ने क्रममा एकजना प्रहरी लडेर घाईते भएका छन् । विराटनगर–१८ मुसहरी बस्तीमा भारततर्फ लैजादै गरेको २२ केजी गाँजा नियन्त्रणका क्रममा तस्कर भागेपछि लखेट्ने क्रममा प्रहरी घाईते भएका हुन् ।

भारततर्फ लैजाने क्रममा गाँजा नियन्त्रणमा लिन खटिएका प्रहरी सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका छन् । गाँजा छोडेर भागेका व्यक्तिलाई पक्राउ गर्न लखेट्ने क्रममा लडेर प्रहरी गाईते भएका थिए । उनको अस्पतालमा उपचार भईरहेको छ ।

नेपाल–भारत सीमानाका हुँदै भारततर्फ लैजाँदै गरिएको अन्दाजी २२ किलोग्राम गाँजा राति ११ः१५ बजेतिर बरामद गरिएको हो । बोरामा प्याक गरी टाउकोमा बोकेर २ जना व्यक्तिले भारत कटाउने तयारी गरिरहेका बेला प्रहरीले बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्