जापान लैजाने भन्दै ४१ जना युवा ठग्ने सुनवर्षीका अजय राजबंशी पक्राउ, अब पोल खुल्ने ठगिने युवामा आसा

<span class='c1'>जापान लैजाने भन्दै ४१ जना युवा ठग्ने सुनवर्षीका अजय</span> <span class='c2'>राजबंशी पक्राउ, अब पोल खुल्ने ठगिने युवामा आसा</span>

विराटनगर । मोरङका ४० र झापा कनकाईका एकजना युवालाई जापान पठाउन भन्दै रकम उठाएर फरार भएका मोरङ सुनवर्षी–६ का अजय राजबंशी शुक्रबार पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेर आइतबार म्याद थप गरेको हो ।

यो प्रकरणमा मोरङ सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजबंहीका समेत नाम जोडिएको छ । युवाहरुले गत माघमा आफूहरु ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । त्यस यता पैसा संकलन गर्ने अजय फरार रहँदै आएका थिए ।
चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षीका अजय जापानको गार्मेन्ट उद्योगमा काम गर्थे । उनीहरुसँगको सम्पर्कमा रहेका धरानका मिन्चीरा चाम्रकार, ठेगाना नखुलेका ज्योती घले, कर्णकुमार दवाडीसहितको टोलिले युवाहरुलाई जापान पठाउने भनेर झुक्याएको आरोप छ ।
जापान जान तयार भएका ४१ जना युवामध्ये ४० जना मोरङका युवाले पैसा डुबाएका छन् । मोरङबाट अजयको सम्पर्कमा भएका ४० जना नै राजबंशी समुदायका छन् । झापा कनकाई–१ का भवानीप्रसाद अधिकारी छन् ।

जापानको हल्ला २०७८ चैत्रदेखि सुरु भएको थियो । बैशाखदेखि पैसा खोज्ने र जम्मा गर्न थालिएको थियो । सामान्य जापानिज भाषा पढेर बसेका युवाहरु गत पुसदेखि ठगीमा परेको थाहा पाएका थिए । त्यसपछि उनीहरुले प्रशासनदेखि प्रहरी र पत्रकारसम्मलाई गुहार मागेका थिए ।
पीडित भएका युवामध्ये हरि राजबंशीले अजय आफैं जिल्ला प्रहरी कार्यालयमा आएको बताएका छन् । नक्कली भुटानी शरणार्थी केसमा ठूला नेताहरु पक्राउ परेपछि नक्कली कागजात देखाएर जापान लैजान ठगी गर्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यो ठगी गर्ने गिरोहका राजेन्द्रले युवाहरुलाई जापान जैजाने आश्वासाना अजयसहित उनका भाई रन्जित, बुहारी अनुराधा र बहिनी विद्याको नाममा पैसा जम्मा गर्न लगाएका थिए । प्रहरीको सम्पर्कमा आएका अजयका भाई बुहारी र बहिनी भने पक्राउ परेका छैनन् ।

ठगीमा पर्ने युवाहरुले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारी विरुद्ध उजुरी दिएका थिए । वैदेशिक विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगि कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा जानकारी गराएको थियो ।
नक्कली सिओई लेटर बनाएर राजेन्द्रले अन्तिम किस्तासम्मको रकम हाल्न लगाएपछि पैसा लिएर फरार भएको दावी छ । कटहरी–३ का विवेक राजबंशीले मासिक चारलाख रुपैँया कमाई हुने आश्वासनमा १८ लाख पैसा बुझाएका छन् ।

रंगेली नगरपालिका–८ का राजेश्वर राजबंशीले नक्कली सिओई लेटरमा पैसा जम्मा गराएर ठगि गरेर फरार भएकाहरुलाई नियन्त्रणमा लिएर पैसा फिर्ता गराउन सरकारले पहल लिनुपर्ने माग गरेका छन् । झापा कनकाई–१ का भवानी प्रसाद अधिकारीले आठ लाख रुपैँया बुझाएको बताएका छन् । जापान जाने धुनमा रहेकी कल्पना राजबंशीले ४ लाख २० हजार बुझाएको बताउनुभयो । त्यसपछि रकम जम्मा गर्ने युवाहरुले ८ लाख, ७ लाख ८ लाख १० लाख हुँदै छ जनाले १६ लाख र एकजनाले १८ लाखसम्म बुझाएका छन् । उनीहरुले बैंकमा जम्मा गरेको पैसा बाहेक नगद समेत बुझाएका थिए ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले उनी पक्राउ परेसँगै थप अनुसन्धान सुरु भएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्