नेपाल वादोरियो कराते डो संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान

नेपाल वादोरियो कराते डो संघका नवनिर्वाचित पदाधिकारीहरुलाई  सम्मान

विराटनगर । नेपाल खेलकुद महासंघले नेपाल वादोरियो कराते डो संघका नवनिर्वाचित पदाधिकारीहरुलाई विराटनगरमा सम्मान गरेको छ । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटिले आईतबार विग होटलमा एक कार्यक्रमको आयोजना गरी खेलाडीलाई सम्मान गरेको हो ।

नेपाल वादोरियो कराते डो संघको विराटनगरमा भएको भेलाले राजन कडेलको अध्यक्षतामा ११ सदस्य नेपाल वादोरियो कराते डो संघको कोशी प्रदेश कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा पुष्पधन शाक्य, सचिवमा राजु धमाला, कोषाध्यक्षमा दुर्गा चरण राजवंशी तथा बिमला नेपाल, राम गुरुङ, अनिलकुमार राजवंशी, दिपेश कोइराला, सुरेश भट्टराई, हिराकुमारी थापा मगर र सुजन आचार्य, प्रदेश कमिटिको सदस्य रहेका छन् ।

नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका लोकप्रिय युवा नेता पर्शुराम बस्नेतले नेपाल वादोरियो कराते डो संघका पदाधिकारी र कार्यसमिति सदस्यलाई सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल कराते महासंघ वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, नेपाल खेलकुद महासंघ विज्ञ आयोगका केन्द्रिय उपप्रमुख तथा प्राध्यापक दिपेश बास्तोला, नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटिका अध्यक्ष विज्ञान शर्मा चापागाई र सचिव जतिन ताम्राकारले नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्