अपाङ्गता सहायता सहजकर्ताहरुका लागि छ दिने तालिम

अपाङ्गता सहायता सहजकर्ताहरुका लागि छ दिने तालिम

विराटनगर । अपाङ्गता सहायता सहजकर्ताहरुका लागि ६ दिवसीय क्षमता विकास तालिम आरम्भ भएको छ । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयको समन्वयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, द लेप्रोसी मिसन नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई कामकाजमा सहजीकरणका लािग स्थापना गरिएको अपाङ्गता सहायता कक्ष सञ्चालनमा आएसँगै कोशी प्रदेशको मोरङ, झापा, सुनसरी जिल्लाको २५ वटा पालिकामा सहजकर्ता नियुक्त गरिएको छ । सोही अनुसार अपाङ्गता सहयाता कक्षलाई नेतृत्व दिँदै आइरहेका व्यत्तिहरुलाई सरकारले प्रदान गरेको काम कार्वाहीमा सहज ढंगले सेवा प्रवाह गर्न सहजिकरण तालिमको आयोजना गरिएको द लेप्रोसी मिसन नेपालका कोशी प्रदेश प्रवन्धक विपिन दासले जानकारी दिए ।

उनका अनुसार त्यसका लागि ऐन, कानुन दस्तावेजीकरणका कुराहरु साथै योजनाका कुराहरु अपाङ्गता भएको व्यक्तिहरुको माग कसरी पुर्याउने भन्ने ६ दिनसम्म जानकरी गराइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्