कोशी प्रदेश : ल्यापटप खरिदकार्य रोक्न एमालेको सुझाव

कोशी प्रदेश : ल्यापटप खरिदकार्य रोक्न एमालेको सुझाव

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले ल्यापटप हाललाई आवश्यक नभएको जानकारीसहित संसद सचिवालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । प्रदेशसभाले सांसदका लागि भन्दै ल्यापटप खरिदकार्य स्थगीत गर्न अनुरोध गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । एमाले संसदीय दलको बैठकले सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा सरकारले बजेट तथा कार्यक्रममा यो विषय उल्लेख भएको उनले बताउदै त्यही बजेट र कार्यक्रमको आधारमा सचिवालयले ल्यापटप खरिद गर्ने प्रक्रिया सुरु गरेको बताए । उनले दलको धारणा सार्वजनिक गर्दै भने,‘ अहिले पूर्वाधार विकास र जनसेवाको क्षेत्रमा बजेट अभाव भइरहेको बेला ल्यापटम चाहिदैन भन्ने निर्णय गरेका छौं ।’

अहिलेका लागि कम्प्युटरसँग सम्बन्धित काम गर्न आफूहरुसँग पिए रहेको, संसद सचिवालयले उपलब्ध गराएको दलको कार्यालयमा कम्प्युटर पनि रहेको, कतिपय काम एन्ड्रोइड मोवाइलबाटै पनि हुने भएकोले ल्यापटप नचाहिने भण्डारीले बताए ।
सांसदहरुलाई बाँड्न भन्दै प्रदेशसभाले १ सयवटा ल्यापटप खरिद गर्न टेण्डर प्रक्रिया सुरु गरेको थियो । प्रदेशसभा सचिवालयले एक हप्ता अगाडि टेण्डर आव्हान गर्दै ल्यापटप खरिद प्रक्रिया सुरु गरेको थियो । ल्यापटप खरिद प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेस संसदीय दल र नेकपा (माओवादी केन्द्र)ले सचिवालयले उपलब्ध गराउने ल्यापटप अस्वीकार गर्ने सार्वजनिक गरेका थिए ।

यस पटक बजेट पुस्तिकामा ल्यापटप वितरण गर्न बजेट विनियोजन गरिएको थिएन । तर, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास बजेट रकमान्तर गरेर संसद सचिवालयलाई बजेटको व्यवस्था गराएका थिए । आर्थिक मामिला तथा योजना मन्त्रालय उनै मुख्यमन्त्री कार्कीको नेतृत्वमा छ । ल्यापटप, सवारी, बिद्युतीय सामान खरिद गर्दा आउने कमिसनको लोभले सरकारदेखि संसद सचिवालयसम्मलाई आर्थिक संकट बिर्साएको कतिपयको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्