कोशी प्रदेशको विरोधमा जेठ १३ गते मुख्य सडकमा साकेला नाच्ने

कोशी प्रदेशको विरोधमा जेठ १३ गते मुख्य सडकमा साकेला नाच्ने

विराटनगर । कोशी नाम खारेजीको माग राख्दै मोरङको बेलबारीमा आगामी जेठ १३ गते पुर्व-पश्चिम मुख्य सडकमै ‘सडक साकेला कार्यक्रम ५०८३’ हुने भएको छ ।

किरात राई समुदायको मुख्य सांस्कृतिक चाड उभौली साकेला विश्वभर मनाइ रहेका छन् । साकेला पूर्बी नेपालमा मुख्य बसोबास रहेको राई समुदायको चाड हो ।

यायोक्खा केन्द्रीय समितिले यो बर्षको साकेला पहिचानको आन्दोलनको रुपमा मनाउन विश्वभर सर्कुलर गरेको थियो । यसै क्रममा काठमाडौंको नयाँ बानेश्वर, सुनसरीको धरान, इलाम सदरमुकाम यता विराटनगर लगायतका स्थानमा सडकमा साकेला सहितको सांस्कृतिक कार्यक्रम भईसकेको छ ।

यसैबीच किरात राई यायोक्खा मोरङको आइतबार बसेको बैठकले जेठ १३ गते शनिबार ‘कोशी नाम खारेजीको लागि सडक साकेला कार्यक्रम ५०८३’ गर्ने निर्णय भएको जिल्ला अध्यक्ष केदार राईले बताए ।
मोरङ जिल्लामा यो बर्षको साकेला सडकमै आयोजना गरेर समापन गर्ने निर्णय भएको यायोक्खा जिल्ला सचिव काशिहाङ राईले बताए ।
पहिचान आन्दोलनकै रुपमा सडकमा सकेला मात्र नभएर लिम्बू, सुनुवार, धिमाल, याक्खा, मगर, तामाङ, थारु, गुरुङ, राजवंशी, शेर्पा लगायतका सांस्कृतिक झाँकी प्रदर्शनको लागि आव्हान गरिएको यायोक्खा मोरङ जिल्ला अध्यक्ष केदार राईले जानकारी दिए ।

प्रदेश नम्बर १ पुनः नामाकरण संयुक्त संघर्ष समिति, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला र बेलबारी नगर समिति लगायत बिभिन्न सामुदायिक संगठनहरुलाई भब्य बनाउन जनसहभागिताको लागि आनुरोध गरिएको अध्यक्ष राईले बताए ।

किरात राई यायोक्खा सुनसरी, झापा लगायतका जिल्ला समितिहरु, मोरङमा रहेका १४ भन्दा बढी स्थानीय तहदेखि वडा स्तरीय समितिहरु सडकमा साकेला नाच्न आउने सचिव काशिहाङ राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्