विराटनगरको अस्पतालबाट पार्थिव शरिर निकाल्न सहयोग माग्दै बुबाआमा

विराटनगरको अस्पतालबाट पार्थिव शरिर निकाल्न सहयोग माग्दै बुबाआमा

विराटनगर । मोरङ रंगेली नगरपालिका–२ जलियाका हरि घिमिरे र सावित्रा घिमिरेको एक्लो छोरो २८ वर्षीय आशिष घिमिरे बैशाख २५ गते घरको छतबाट खसेर गम्भीर घाईते भए । उनको विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा उपचारका क्रममा सोमबार निधन भयो ।

अस्पतालमा भर्ना गरेपछि उपचार खर्च चार लाख रुपैँया बुझाउन छ । बाबु आमासँग पैसा नहुँदा अन्त्येष्टि रोकिएको छ । पैसा तिर्न नसक्दा बाबुआमालाई एक्लो छोरो गुमाउनुको दुःखद् पीडासँगै अन्त्येष्टि गर्न नपाउँदा झन् मर्माहत बनाएको छ ।

हस्पिटल र फार्मेसीको पैसा बुझाउन नसक्दा शव गृहमा राखिएको मृत छोरोको शरिर हेर्दै बाबुआमा छट्पटाई रहेका छन् । आफ्नो धार्मिक संस्कार र सामाजिक मूल्य–मान्यता अनुसार काजकिरिया गर्ने अवस्था नबनेको भन्दै उनीहरुले गाउँ, समाज र बिदेशमा रहेका सँग यथासक्य आर्थिक सहयोगको अपेक्षा गरेका छन् । आर्थिक अवस्था कमजोर रहेका उनीहरुले सहयोग मागेका छन् ।

Name : Sabita Ghimire

Account No. :- 09705330008198

Bank :- Nepal Investment Megha Bank

Branch :- Biratnagar

यो अवस्था तपाईंमा पनि पर्न सक्छ । नपरोस् यो दुख कसैलाई ! सहयोगी मनहरुसँग अभिभावकको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्