माओवादी केन्द्रलाई कोशी प्रदेश सरकार छोड्न काँग्रेसको पत्र

माओवादी केन्द्रलाई कोशी प्रदेश सरकार छोड्न काँग्रेसको पत्र

विराटनगर । नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रलाई कोशी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन भन्दै आग्रह गरेको छ ।

नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले जेठ ४ गते बसेको संसदीय दलको बैठकको निर्णय बमोजिम माओवादी केन्द्रलाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दलहरुको सरकार निर्माण गर्ने वातावरण तय गर्न आग्रह गर्दै पत्रचार गरिएको हो ।

पत्रमा उल्लेख गरिएको छ,‘प्रस्तुत् विषयमा संविधानको रक्षा र देशको बदलिदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै बिगत २०७९ को आमनिर्वाचनमा विभिन्न राजनीतिक दलहरु मिलेर गठबन्धन गरी निर्वाचन लडेको व्यहोरा सर्वविधितै छ । निर्वाचनको परिणम पछि गठबन्धन दलमा केही मतभेद देखापरि गठबन्धन दलमा केही फेरबदल भै सम्माननीय राष्ट्रपतिको निर्वाचन अघि पुनः गठबन्धन दलहरु एकै ठाउँमा उभिएको कुरा समेत जगजाहेर छ ।

यसै सन्दर्भमा संघीय सरकार र ६ वटा प्रदेश सरकारमा हालको गठबन्धन अनुसार नै सरकार गठन भैसकेको अवस्थामा गठबन्धन दलहरुको मर्म र भावना अनुरुप कोशी प्रदेशमा संघीय गठबन्धन अनुरुप नै सरकार गठन गर्नको लागि गठबन्धन दलहरुबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन अनुरोध गर्ने नेपाली कांग्रेस कोशी प्रदेश संसदीयदलको मिति २०८०/०२/०४ को निणर्य बमोजिम तपाईहरुको दलबाट हालको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दलहरुको सरकार निर्माण गर्ने वातावरण तय गर्नहुन आग्रह गर्दछु ।’

यता माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले काङ्ग्रेस संसदीय दलबाट आएको पत्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई जानकारी गराउने बताए ।

उनले केन्द्रिय गठबन्धनको शिर्ष तहमा हुने सहमति/समझदारीलाई माओवादी प्रदेश संसदीय दलले कार्यान्वयन गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्