विराटनगरको अर्को सहकारीसँग बचतकर्ताको आक्रोश

विराटनगरको अर्को सहकारीसँग  बचतकर्ताको आक्रोश

विराटनगर । बचतकर्ताको पैसा फिर्ता नदिएपछि विराटनगरस्थित धरणीधर सहकारी बहुमुखी  संस्थामा बचतकर्ताले होहल्ला गरेका छन् । लामो समयदेखि बचत रकम फिर्ता नदिएपछि उनीहरुले कार्यालयमा उपस्थिति भएर होहल्ला गरेका हुन् ।

सञ्चालक तथा कर्मचारीलाई असजिलो भएपछि वडा प्रहरी कार्यालयमा दुवै पक्षबीच सहमति भएको छ । वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार झण्डै तीन हजार ५०० बचतकर्ता रहेको सहकारीले समयमै रकम फिर्ता नदिएपछि सेवाग्राही आक्रोशित भएका थिए ।

उनीहरु दुवै पक्षलाई प्रहरी कार्यालयमा बोलाएर आपसी समझदारीमा समस्या हल गर्ने शर्तमा सहमति गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्