विराटनगरमा घरजग्गा र व्यवसाय कर अनलाइन भुक्तानी सिस्टममा

विराटनगरमा घरजग्गा र व्यवसाय कर अनलाइन भुक्तानी सिस्टममा

विराटनगर । विराटनगर महानगरपालिकाले घर जग्गा र व्यवसाय कर बुझाउन अनलाइन प्रणालीको सुरुवात गरेको छ । सेवाग्राहीले कार्यालय पुग्नुपर्ने झन्झटलाई हटाउँन अनलाइन कर भुक्तानी प्रणाली सुरु गरेको हो ।

सेवाग्राहीले अनलाइनमा कर भुक्तानीका लागि ‘ट्याक्स पेयर सिस्टम’ मा दर्ता हुनुपर्नेछ । जसका लागि एक पटक कर बुझाएको रसिद आवश्यक पर्नेछ । करदाता संकेत नम्बर र आन्तरिक संकेत नम्बर पाए लिनका लागि इमेल वा मोवाइल नम्बर अनलाइन प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ ।

त्यस क्रममा ओटीपी नम्बर आउँछ । यो प्राप्त भएपछि अनलाइन अद्यावधिक गर्नुपर्नेछ । त्यसपछि कर भुक्तानी प्रणालीमा सेवाग्राही जोडिने छन् ।

हेर्नुहोस् प्रक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्