सामाजिक संगठन मोरङद्धारा महिलाहरुलाई सिपमुलक कार्यक्रम

सामाजिक संगठन मोरङद्धारा महिलाहरुलाई सिपमुलक कार्यक्रम

विराटनगर । मोरङको बुढीगंगा १ स्थित सामाजिक संगठन मोरङले महिलाहरुका लागि सिपमुलक तालिमको आयोजना गरेको छ ।

१५ दिनदेखि सञ्चालनमा आएको महिला लक्षित सिपमुलक कार्यक्रम संस्थाका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो ।

करिब ३९५ जना सदस्य रहेको सो संस्थामा सहभागी सदस्यले व्यक्तिगत रकम संकलन गरेर महिलाहरुका लागि सिपमुलक तालिमको आयोजना गरेको संस्थाका अध्यक्ष दिनेश सापकोटाले बताए ।

उनका अनुसार तालिममा उत्पादन भएको सामाग्रीलाई बजारीकरण गर्न र संस्थामा आवद्ध भएका महिलाहरु अगाडी बढ्न प्रेरणा मिल्न मदत पुगोस भनेर तालिमको धारणा रहेको छ । आफूले सिकेको सिप र खाली समय सदुपयोग भएको संस्थाकी सचिव लक्ष्मी घिमिरेले बताइन् ।

तालिममा आ-आफूले सिकेको सिपलाई एकले अर्कालाई सिकाएर अगाडी बढिरहेको बताउने लक्ष्मीले घरको काम सकेर खाली समय घरैमा सिमित नराखेर घर बाहिर निस्किएर केही सिप सिक्ने अवसर मिलेको समेत बताइन् ।

सामाजिक संगठनले महिलाहरुलाई सिपमुलक कार्यक्रम , नि:शुल्क शिक्षा, कृषकहरुका लागि प्रोत्सान मुलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्