सिमापार गर्न लागेका ३७ जना महिलाको जोगवनी बोर्डरबाट उद्धार

सिमापार गर्न लागेका ३७ जना महिलाको जोगवनी बोर्डरबाट उद्धार

विराटनगर । रानी बोर्डर नाका हुदै भारत बेखबिखनको उद्धेश्य सहित सिमा कटाउन खोजिएका ३७ जना महिलाको उद्धार गरिएको छ ।
मानव बेचबिखन तथा महिला हिंसा बिरुद्ध कार्यरत ‘विश्व सेवा विस्तार ’ संस्थाले पूर्विनेपालको रानी बोर्डर हुदै जोगवनीबाट भारत लैजान लागेका ती महिलाहरुलाई उद्धार गरेको जनाएको छ ।


संस्थाले बुधबार सामाजिक लेखा परीक्षण कार्यक्रमको आयोजना गर्दै ८५२ जना मध्ये ३७ जनालाई जनवरी २०२३ यता सिमा पार हुन लागेका महिलालाई उद्धार गरेको जनाएको हो ।
विराटनगर जोगबनी सिमानाकामा हेल्प डेस्क राखेर शंकस्पद लागेका व्यक्तिहरुलाई निगरानी गर्ने काम गर्दै आएको थियो । २०२२ मा भने १ हजार ८ सय ३० जनालाई सोधपुछ गरिएको तथा ७३ जनाको उद्धार गरिएको कार्यक्रममा बार्षिक विवरण प्रस्तुत गर्नुहुँदै आयोजक संस्थाकी अदिति कोईरालाले जानकारी दिनुभयो । २०२२ मा २ जना तथा २०२३ को हालसम्म १ जना बिरुद्ध जर्बजस्ती करणीको मुद्धा समेत दायर गरिएको उहाँले जानकारी दिनुभयो ।
संस्थाले विराटनगर जोगबनी नाकामा बिहान ६ बजेदेखी साँझ ७ बजेसम्म महिला बेचबिखन बिरुद्ध निगरानी गर्दै आएको आयोजक संस्थाकी अध्यक्ष सबिना श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै विराटनगर १५ का वडाध्यक्ष प्रकाश साहले सिमामा विभिन्न संघसंस्थाले निगरानी बढाएपछि बेखबिखनको घटनामा कमी आएको बताउनुभयो ।
विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेलले दशगजा क्षेत्रका अवैध टहराहरु भत्काईएपछि अपराधिक गतिविधिमा कमी आएको बताउनुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मीले बोर्डरमा निगरानीको लागी सुरक्षामा चुनौती भए आफुहरुले थप प्रहरी परिचालन गरेर सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।


कार्यक्रमा ,सामुदायिक सेवा केन्द्र रानीका सचिव अर्जुन कुमार क्षेत्री, एविसी नेपालकी गीताञ्जली शर्मा , जोगबनी नगरपञ्चायतका पुर्व उपमेयर नरेश प्रसाद,सिमा सुरक्षा गुल्मका ईन्सपेक्टर सम्राज खड्का लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्