शारीरिक सुगठन मोरङ अध्यक्षमा नवीन बिक्रम शाह

शारीरिक सुगठन मोरङ अध्यक्षमा नवीन बिक्रम शाह

विराटनगर । शारीरिक सुगठन संघ मोरङको अध्यक्षमा नवीन बिक्रम शाह चयन भएका छन् । मोरङमा बैशाख २५ गते भएको भेलाले जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो । त्यसका आधारमा अध्यक्ष शाहको नेतृत्वमा ९ सदस्यीय मोरङ शारीरिक सुगठन संघ गठन गरिएको हो ।

संघको मोरङ उपाध्यक्षमा सन्जय साह, सचिव बिन्टबाबु पासमान, कोषाध्यक्षमा रबिन श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरुमा दिपेशराज गौतम, सदस्य सुरज श्रेष्ठ, प्रवित राजबंशी, बिन्दा राजबंशी र बेन्जु कुथुमी राई रहेका छन् ।

नेपाल शारीरिक सुगठन महासंघले मोरङमा नयाँ कार्यसमिति चयन गरिएको बारे जिल्ला खेलकुद विकास समितिलाई जानकारी गराएको छ । समितिका जिल्ला अध्यक्ष श्रवणकुमार ऋषिदेवको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्