कोशी प्रदेशस्तरीय स्कुल डान्सिङ प्रतियोगिता हुने

कोशी प्रदेशस्तरीय स्कुल डान्सिङ प्रतियोगिता हुने

विराटनगर । भाइरलहुड डान्स स्टुडियोले प्रदेशस्तरीय स्कुल डान्सिङ स्टार २०२३ प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

विराटनगरस्थित जलजला चोकमा रहेको भाइरलहुड डान्स स्टुडियोले जेठ १३ गते शनिबार कोशी प्रदेश विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्ने भएको हो ।

चार हप्तामा सकिने सो कार्यक्रमको पहिलो दिन शनिबार अडिसन राउण्ड हुने आयोजकले जनाएको छ ।
सहभागीहरु मध्ये विजेतालाई नगद पुरस्कार, प्रमाणपत्रसहित ट्रफी प्रदान गरिनेछ।

यस्तै प्रतियोगितामा प्रथम, द्धितिय र तेस्रो हुनेलाई राष्ट्रियस्तरको रियालिटी सोमा समेत सहभागी गराइने भाइरलहुड डान्स स्टुडियोका टिम मेम्बर बिकि घिमिरेले जानकारी दिए ।

यस्तै, अडिसन राउण्डमा छानिएर सेमिफाइनलमा प्रवेश गर्नेलाई प्रमाणपत्र प्रदान गरिने र फाइनलमा प्रवेश गर्नेलाई प्रमाणपत्रसहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्