सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा मजबुत हुन्छ : डिआइजी पोखरेल

सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा मजबुत हुन्छ : डिआइजी पोखरेल

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जली कुमार पोखरेलले सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा पनि मजबुत भएर जाने बताएका छन्।
मोरङको जहदा गाउँपालिका – ७ मा रहेको तारिगामा र मधुमल्लामाको बोर्डर आउट पोस्ट (बिओपी) को बिहीबार स्थापना गर्दै डिआइजी पोखरेलले यस्तो बताएका हुन् ।

सीमा सुरक्षा प्रभावकारी रूपमा भए आन्तरिक सुरक्षा ७० प्रतिशत समस्याको समाधान हुने बताउदै उनले चोरी, निकासी, लागू औषध, अपराधलगायतका अन्य विभिन्न घटनाका जुन आन्तरिक सुरक्षा नियन्त्रणमा आउने बताए ।

जनताको शान्ति सुरक्षा कायममा कुनै कसुर बाँकी नराख्ने बताउदै उनले प्रहरी जनताको सेवक भएकोले शान्ति सुरक्षा कायम गर्दै आर्थिक अनुसारको बाटोमा अगाडी बढ्ने समेत बताए ।

जनताको करबाट उठेको रकमले बर्दी लगाएको रासन खाएका उल्लेख गर्दै उने भने,‘ यो बर्दिबाट कुनै पनि कमीकमजोरी हुने छैन,’ यदि कसैले गल्ती गर्दछ भने हामी निर्मम रूपमा उत्रिनेछौँ । आफू नेतृत्वमा आएपछि शुद्धीकरण भएको दाबी गर्दै उनले कमान्डरहरू परिवर्तन भएको समत बताए ।

सरकारले नेपाल भारत सीमा क्षेत्रमा ५ सय बिओपी स्थापना गर्ने लक्ष्य अनुसार अहिलेसम्म देशभर २ सय ८५ वटा बिओपी स्थापना भएको उनले बताए । योसँगै मोरङमा ६३ किलोमिटर नेपाल–भारत सीमा भएको क्षेत्रमा तीन वटा प्रस्तावित गुल्म र १० वटा बिओपी भएको छ । कोसी प्रदेशमा नेपाल –भारतको सीमा क्षेत्रको दुरी ४२७ किलोमिटरमा १० वटा प्रस्थापित गुल्म र ४७ वटा बिओपी स्थापना भएको डिआइजी पोखरेलले जानकारी दिए। पहाडी जिल्लाहरूबाट सशस्त्र प्रहरी ल्याएर तराइको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्