विराटनगर महानगरद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण

<span class='c1'>विराटनगर महानगरद्वारा किसानलाई ५० प्रतिशत</span> <span class='c2'>अनुदानमा धानको बिउ वितरण</span>

विराटनगर । विराटनगर महानगरपालिकाले उन्नत जातको धानको बिउ वितरण गरेको छ ।

धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो ।

महानगरपालिकाका मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले किसानलाई धानको बिउ प्रदान गर्नु भएको थियो ।

महानगरले विराटनगर ४, ५, ६, १४, १६, १८ र १९ नम्बर वडाका ५२५ जना किसानलाई १६ हजार १ सय ६९ केजी बिउ वितरण गरेको छ । सो बिउले ४०३ बिघा क्षेत्रफललाई पुग्नेछ ।

वितरण गरिएको बिउबाट २८ हजा २४५ मेट्रिक टन धान उत्पादन हुने महानगरको कृषि शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्