मोरङ प्रहरीलाई ठुलो सफलता : ३६ केजी चाँदी सहित चोरीमा संलग्न ३ जना पक्राउ

मोरङ प्रहरीलाई ठुलो सफलता : ३६ केजी चाँदी सहित चोरीमा संलग्न ३ जना पक्राउ

सुजता लिम्बु /  प्रेम देवान
विराटनगर । चोरीमा संलग्न तीनजनालाई मोरङ प्रहरीले ३६ केजी चादी सहित पक्राउ गरी सार्वजनिक गरेको छ । सुनचाँदी चोरीमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ बिहिबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।


पक्राउपर्नेमा विराटनगर– १२ को २१ वर्षिय राजकुमार कामत, सोही वडाका दुईजना १९ वर्षिय विवेक कामत र २२ वर्षिय श्रीकान्त दास रहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए । डिएसपी दाहालका अनुसार पक्राउ पर्ने व्यक्तिमध्ये विवेक कामत चोरी मुद्दामा नै ९ महिनाको सजाय भुक्तान गरेर बैशाख २८ गते छुटेका थिए । यस्तै श्रीकान्त दास समेत डाँका चोरी मुद्दामा ०७७ पुष २९ गते देखि करिब २० महिनाको सजाय भुक्तान गरेर ७९ असोज ३ गते छुटेको डिएसपी दाहालले जानकारी दिए ।


भएको के थियो ?

प्रवक्ता दाहालको अनुसार जेठ ३ गते विराटनगर ३ पिपलचौक स्थित जयकिशोर चौधरीको घर चोरी भएको सूचना आएको र सोहि दिनको वेलुका जिल्ला प्रहरी कार्यालय मोरङको एक सय नम्बरमा जानकारी प्राप्त भएको थियो ।
प्रहरीलाई जानकारी प्राप्त हुनेवित्तिकै सादा पोषाकमा तथा घटनास्थल मुचुल्का लगायत प्रारम्भिक अनुसन्धानको लागि तत्कालै प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी टोलीको परिचालन गरिएको उनले बताए ।


पिडितको अनुसार चौधरीको घरबाट २० तोला सुन (अन्दाजी मुल्य २० लाख) र ३६ के. जी. चाँदी (अन्दाजी मुल्य ४१ लाख) जम्मा ६१ लाख बराबरको चोरी भएको जानकारी प्राप्त भएको मोरङ प्रहरीले जनाएको छ ।
जय किशोर चौधरी र खाँ ज्वेलर्सका संचालक ज्योती प्रसाद खाँ सुन चाँदी को कारोवार अन्तर साझेदारीमा गर्ने गरेको र सोही कारणले उक्त सामानहरु जय किशोर चौधरीको घरमा राख्ने गरेको बुझिएको डिएसपी दाहालले बताए ।
‘चोरीको अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट छुट्टै ८ जना को टोली परिचालनमा रहेको थियो ’ उनले भने,‘ सोहि चोरीको अनुसन्धान गर्ने टोलीले विगत ७ दिन देखि यस चोरीको घटनालाई सुक्ष्म तवरले अनुसन्धान गर्दै आएको थियो र सूचना संकलन गर्ने तथा निगरानी गर्ने काम गर्दै आएको थियो ।’
कारागार कार्यालय मोरङ र बाल सुधार गृह मोरङबाट कैद भुक्तान गरेका तथा छुटेका प्रत्येक व्याक्तिहरुको सुक्ष्म तरिकाले अनुसन्धान गरिएको बताउदै उनले पक्राउ परेका तीनजना नै छिमेकी रहेको प्रहरीले जनाएको छ ।


‘ उनीहरुले पहिले देखि नै चोरीको काम गर्दै आएको पटक पटक चोरी मुद्दामा समेत पक्राउ परेको र योजना बनाए अनुरुप नै जेठ ३ गते पिडितको घरमा प्रतिवादीहरु मध्ये २ जना कामत र श्रिकान्त दास चोरी गर्न गएको थिए।’ उनले भने,‘ लगातार ७ दिनको अनुसन्धान र निगरानीको माध्यमबाट जेठ १० गते रातको अन्दाजी १ः०० बजेको समयमा बिराटनगर महानगरपालिका १२ कोशी प्रोजेक्ट स्थित सडक खण्डमा पक्राउ गर्न सफल भएको हो ।’

भारत तिर जाँदै थिए

दुईवटा कालो झोलामा चाँदीको सामान सहित भारत तर्फ जाने क्रममा पक्राउ परेका उनीहरुले चोरीका समाग्री भारतको जोगबनीमा लगेर विक्रि गर्ने गरेको अनसन्धनमा खुलेको छ ।
उनीहरुले चोरी गरेको सुन भारतको जोगवनीमा ७ लाखमा बेचेको कुरा अनुसन्धानबाट खुल्न आएको डिएसपी दाहालले जानकारी दिए ।
उनको अनुसार उनीहरु चोरी पश्चात हाटखोला स्थित दिव्यरत्न होटेलमा ३ दिन वसेको र त्यसपश्चात भारत तिर गएको अनुसन्धानबाट खुलेको छ ।
विगतमा समेत चोरीको मुद्दामा सलंग्न रहेकोले हाल अन्य घरमा चोरी भएका घटनाको सम्बन्धमा समेत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
‘विवेक कामतको प्रारम्भिक बयानबाट हालसम्म यस्तै प्रकृतीको अन्य घरमा समेत चोरी गरि सकेको बताएकोले थप अनुसन्धान भई रहेको छ।’ उनले भने
बाटोमा कसैले थाहा नपाउने गरी डुल्दै हिँड्ने चोरी गर्दै गरे पनि बाटोमा कसैले थाहा नपाउनेगरी डुल्दै हिड्ने गरेको र डुल्ने क्रममा उनीहरुको मुख्य निशाना ताल्चा लगाएको घरमा रहने गरेको डिएसी दाहालले जानकारी दिए ।


बाहिरबाट ताल्चा लगाएको घरमा कुनै माध्यमबाट पर्खाल नाघेर छिर्ने गरेको र १ जना घर बाहिरको अवस्था बुझ्न वस्ने गरेको समेत पाइएको उनले बताए ।
‘आफूसँग बोकेर ल्याएको वा घरमा नै रहेको रड वा कुनै गह्रौँ वस्तुले ताल्चालाई फोड्ने गरेको पाइएको छ,’ उनले भने,‘घरको सम्पूर्ण कोठाहरु राम्रोसँग खोजतलास गरि सुनचाँदी गरगहना तथा नगद मात्र लिने काम गरेको छ । ’ चोरीको क्रममा कोठमा रहेको इलेक्ट्रोनीक सामाग्रीहरु उनीहरुले चलाउने नगरेको समेत उनले बताए ।

चोरीको सामानको व्यवस्थापन गर्न कोठा भाडामा

चोरीका सामानहरुलाई व्यवस्थापन गर्न कोठा भाडा खोजेर राख्ने गरेको समेत अनुसन्धानममा खेलेको छ ।
होटेलको रुम लिएर २,३ दिन लुकेर वस्ने र घटना अलि साम्य भएपछि मात्र निस्किने गरेको समेत पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई म्याद थप गरी चोरी मुद्धामा मुद्धा दर्ता गरिने मोरङ प्रहरी प्रमुख दिपक पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्