मेडिकल इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षामा विराटनगरको संकल्प उत्कृष्ट

मेडिकल इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षामा विराटनगरको संकल्प उत्कृष्ट

विराटनगर । विराटनगर ९ स्थित भानु टोलमा रहेको संकल्प क्लासेसमा सिटिइभिटि र कक्षा १२ मा विज्ञान संकायमा अध्ययन गरेका विद्यार्थीहरुको लागि मेडिकल इन्जिनियरिङ,पारा मेडिकल लगायतका प्रवेश परिक्षा तयारी कक्षा सञ्चालन भईरहेको छ।

पछिल्लो ३ वर्षदेखि उत्कृष्ट नतिजा ल्याउदै आएको संकल्प क्लासेसले मेडिकल इन्जिनियरिङ प्रवेश परीक्षाको लागि सम्पूर्ण तयारी कक्षा जेठ १० गतेदेखि पौषको पहिलो हप्तासम्म संचालन हुने संकल्प क्लासेसले जनाएको छ।

विराटनगरका विद्यार्थीहरु प्रवेश परिक्षाको तयारी गर्न काठमाडौँ जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै विराटनगरमा तयारी कक्षा संचालन ल्याएको संकल्प क्लासेसका संचालक अकलेस साहले जानकारी दिए । थोरै विद्यार्थीहरुलाई पढाएर धेरै नाम निकाल्न सफल यस संस्थाको नतिजा काठमाडौँका नाम चलेका संस्थाहरु भन्दा पनि उत्कृष्ट रहेको संचालक साहको दाबी छ।

पछिल्लो ३ वर्षदेखि एमबीबीएस(MBBS),बीडीएस(BDS),बीएएमएस(BAMS),बी एससी नर्सिङ्ग(B.SC.Nursing),बी एससी एमएलटी(B.SC.MLT),बी फर्मा(B.Pharma),बी अप्टोमेट्री(B.Optometry),बी एससी फरेस्ट्री (B.SC.Forestry),बी.इ. (BE) लगायतको कोर्सहरुमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको संकल्प क्लासेसले जनाएको छ।

गतवर्षको चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षामा एमबीबीएस(MBBS) तर्फबाट नेपालको दोस्रो स्थानमा प्रफिन यादव र पाचौ स्थानमा आदित्य शर्मा पर्न सफल भएको संचालक साहले जानकारी दिए। साथै अन्य ७ जना एमबीबीएस,बीएमएलटी तर्फ ३ जना,बी एस सी नर्सिङ्ग तर्फ २ जना,बीएएसएलपी तर्फ १ जना,इन्जिनियरिङ तर्फ १ जना र बीपीटी तर्फ १ जना गरि जम्मा १६ जना विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको थिए।

२०७७/७८ को प्रवेश परिक्षाको नतिजामा एमबीबीएस तर्फ ९ जना, बीडीएस तर्फ ६ जना,इन्जिनियरिङ लगायत अन्य ९ जनाले पूर्ण छात्रवृत्ति पाएको संकल्प क्लासेसले जनाएको छ।

काठमाडौँमा एउटै कक्षामा धेरै विद्यार्थीहरुलाई राखेर शिक्षकहरुले पढाउने हुँदा विद्यार्थीहरुले राम्रोसग नबुझने र नतिजा राम्रो नआउने संचालक साहले बताए। उनका अनुसार काठमाडौँमा सुरुको महिनामा राम्रो शिक्षकले पढाउने विस्तारै अन्य शिक्षकहरुबाट पढाई हुने गर्दछ। राम्रो संग हेरचाह नपुगेकाले धेरै विद्यार्थीहरु असफल हुने, एक वा बढी वर्ष कुर्नुपर्ने जसले गर्दा विद्यार्थीहरु डिप्रेशनको शिकार हुने उनले आफ्नो अनुभव सुनाए।

संकल्प क्लासेसमा अध्ययन गरेका विद्यार्थीहरुको उत्कृष्ट नतिजा आउनुको कारण कक्षाकोठामा थोरै विद्यार्थी राखेर अनुभवी शिक्षकद्वारा राम्रो हेरचाहका साथ चाहिएको बेलामा प्रेरणा, मार्ग दर्शन हौसला दिदै विद्यार्थीहरुलाई प्रवेश परिक्षासम्म अध्ययापन गराउनु रहेको संचालक साहले बताए।
काठमाडौँमा अहिले भर्ना गर्ने विद्यार्थीहरुलाई ४ महिना अर्थात दशैं अगाडि सम्म मात्रै प्रवेश परिक्षाको तयारी कक्षा संचालन हुने तर हामीले हाम्रो विद्यार्थीहरुलाई ७ महिनासम्म अध्ययन गराईने संचालक साहले जानकारी दिए। हामीले ७ महिनासम्म पढाउने हुँदा कमजोर विद्यार्थीहरुलाई विशेष ध्यानमा राखेर अध्यापन गराउने हुँदा धेरै संख्यामा छात्रवृत्तिमा नाम निकाल्न सक्ने संचालक साहको दाबी छ।

काठमाण्डूबाट नाम निकालेका विद्यार्थीहरुसग कुरा गर्दा पनि अधिकांस विद्यार्थीहरु सुरुको एक दुई महिना मात्रै कोचिङ्ग गएको र पछी होस्टेल बसेर स-अध्ययन गरेको बताउछन्।

धेरै जसो विद्यार्थीहरु Mock Test को लागि मात्रै काठमाडौँ बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अहिले विराटनगरमा संकल्पले पनि प्रतेक शनिवार Weekly Mock Test लिने गरेको संचालक साहले जानकारी दिए । उक्त Mock Test संकल्पका विद्यार्थीहरु, घरमै बसेर तयारी गर्ने विद्यार्थीहरु, कक्षा ११ र १२ मा अध्ययनरत सम्पूर्णले सहभागी हुन् पाउने संकल्प क्लासेसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्