बुढीगंगा गाउँपालिकावासीलाई रगत निःशुल्क

बुढीगंगा गाउँपालिकावासीलाई रगत निःशुल्क

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले आफ्नो पालिकाबासीका लागि निःशुल्क रगतको व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्य र समन्वय गरेर गाउँपालिकाले सित्तैमा रगत दिने व्यवस्था मिलाएको हो ।

गाउँपालिकाका बिरामीले नेपाल रेडक्रस सोसाइटी मोरङको ब्लड बैंकबाट अब निःशुल्क रुपमा रगत पाउने भएका हुन्। बुढीगंगा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाबीच बिहिबार भएको सम्झौता अनुसार आवश्यक पर्ने रगत ब्लड बैंकले निःशुल्क उपलब्ध गराउने छ ।

सो सम्झौता गाँउपालिका तर्फबाट अध्यक्ष जितनारायण थापा मगर र नेपाल रेडक्रस मोरङ शाखाका अध्यक्ष सुवोध सिंहले हस्ताक्षर गरेका छन्स । सम्झौतामा बुढीगंगा गाउँपालिका क्षेत्रका बासिन्दाहरुलाई उपचारका लागि आवश्यक पर्ने रगत चिकित्सकको सल्लाहअनुसार प्रदान गर्ने भनिएको छ भने त्यसको भुक्तानी गाउँपालिकाले नै गर्ने सम्झौता पत्रमा उल्लेख छ।

‘बुढीगंगाबासीले मोरङको जुनै पनि नेपाल रेडक्रस सोसाइटीको शाखाबाट यो सुविधा पाउने बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिए। बुढीगंगाबासीलाई रगतका लागि कुनै समस्या नहोस् भनेर यो व्यवस्था मिलाइएको उनी बताउँछन् ।

सम्झौता अनुसार रगतको ब्याग, क्रसमैच, ग्रुपिङ्ग एंव परीक्षण वापत प्रति युनिट १ हजार ५० रुपैयाँ शूल्क गाउँपालिकाले नै ब्लड बैंकमा तिर्नु पर्ने बुढीगंगा गाउँपालिकाका प्रमुख गिरिराज भट्टराईले बताए। निःशुल्क रगत लिनका लागि बुढीगंगा गाउँपालिकामा बसोबास गरेको भन्ने कुरा उल्लेखित कागज पत्र हुनुपर्ने गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्