विराटनगर महानगरपालिकाको सार्वजानिक लोगोले मन छोएन नगरवासीको

विराटनगर महानगरपालिकाको सार्वजानिक लोगोले मन छोएन नगरवासीको

विराटनगर । विराटनगर महानगरपालिकाले बिहीबार एक कार्यक्रमबीच लोगो सार्वजनिक गरेसँगै राम्रो भन्दा पनि नराम्रो प्रतिक्रिया आएको छ । विराटनगर युवा आर्टिस नुरकुमार श्रेष्ठले डिजाइन गरेको लोगो महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सार्वजनिक गरेका थिए ।

लोगोमा नेपाली भाषाको साटो अंग्रेजीमा विराटनगर मेट्रोपोलिटन अंकित छ । आम नागरिकको भनाई भने देवनागरीमा हुनपर्ने छ । लोगोमा विराट राजाको दरबार, श्रीराधाकृष्ण रथयात्रा, औद्योगिक नगरी, एयरपोर्ट, मेडिकल कलेज, हरियाली, नेपालको नक्सा, सुर्य चन्द्र, जातजाती लगायतका आकृति प्रतिविम्बित गरिएको छ ।

कुल १५८ प्रविष्टबाट श्रेष्ठले बनाएको लोगाकोे डिजाइन चयन गरिएको थियो । महानगरपालिकाले लोगो आव्हान गरेपछि आफूले जम्माजम्मी ४८ घण्टा लगाएर लोगो बनाएको डिजाईनर श्रेष्ठले बताए । श्रेष्ठले आफूले चित्रकला नपढेपनि चित्र बनाउने शोक सानो उमेरदेखि नै रहेको बताएका थिए ।

१५८ जनाले डिजाइन गरेर पठाएका मध्ये श्रेष्ठले बनाएको लोगोबाट विराटनगरको पहिचान झल्किएको पाइएपछि छनोट गरिएको उप–प्रमुख कार्कीले बताएकी थिइन् । तर, नगरवासीको मन भने लोगोले नछोएको प्रतिक्रिया दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्