विराटनगरको एस्पायर कलेजमा कोरियन बिश्वबिद्यालयबाट ५० लाखको छात्रवृत्ति

<span class='c1'>विराटनगरको एस्पायर कलेजमा कोरियन</span> <span class='c2'>बिश्वबिद्यालयबाट ५० लाखको छात्रवृत्ति</span>

विराटनगर । काठमाडौं बिश्वबिद्यालयको साझेदारी कार्यक्रमका रूपमा संचालित एस्पायर कलेजमा कोरियन विश्व विश्वविद्यालय चिन्जुनेशनल युनिभरसिटि अफ एजुकेसनका प्रोफेसर डा. होङले भ्रमण गरेका छन्।

लुपिक प्रोजेक्टका प्रोजेक्ट मेनेजर समेत रहेका प्रोफेसर होङ काठमाण्डौं विश्वविद्यालयले आयोजना गरेको एस्पायर कलेजका विद्यार्थी तथा अभिभावकसगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन्।

कार्यक्रममा बोल्दै प्रोफेसर होङले  भने " शिक्षा सामाज रूपान्तरणका लागी हुनुपर्छ । यसका लागि सर्वप्रथम शिक्षक नै सम्वाहक बन्नसक्छ । दक्षिण कोरियाले आज जे जति विकास गरेको छ भने त्यो शिक्षाबाट मात्र सम्भव भएको हो । त्यसैले हामीले नेपाल जस्तो उच्च सम्भावना बोकेको देशमा पनि शिक्षा मार्फत् परिवर्तन ल्याउने दुरगामि परियोजना लिएकाछौं ।"

प्रो. होङले एस्पायर कलेजको विद्यार्थीहरू प्रतीको लागाव र लगानी, काठमाण्डौं विश्वविद्यालयको मुल्य र मान्यता, सिकाईको प्रभावकारीता र विद्यार्थीहरूको समग्र प्रगती देखेर छात्रवृत्ति प्रदान गरेको बताए । एस्पायर कलेजमा बि.टेक. एड. आई.टी अध्ययनरत सम्पुर्ण विद्यार्थीहरूलाई ५० लाख भन्दा बढीको छात्रवृत्ति प्रदान गरिएको हो।

कलेजका प्रिन्सपल सि.एम. बस्नेतले आफुले लिएको २०औं वर्षको लामो शैक्षिक अनुभव अनुसार विद्यार्थीहरूलाई जीवनपयोगी शिक्षा दिने र काठमाण्डौं विश्वविद्यालयको शैक्षिक अभ्यास र परम्परालाई पुर्णतः आत्मसात गर्ने बताए । "एस्पायर कलेजबाट ब्याचलर गर्ने विद्यार्थी कुनै पनि हालतमा गरीखाने बन्ने र सिप, सॅंस्कार र प्रवाधिमैत्रि बन्नेछन्।" प्रमुख बस्नेतले भने ।

कलेज समग्र रुपमा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेको र सोही अनुसारका बिषयहरु अध्यापन गराइएको हुँदा कोशी प्रदेश तथा मधेश प्रदेशका विद्यार्थीहरु लाभान्वित हुनसक्ने अवस्था रहेको र कोरियन बिश्वबिद्यालयको छात्रवृत्तिले अझ विद्यार्थी र अभिभावकलाई प्रेरणा जगाएको प्रमुख बस्नेतले बताए ।

एस्पायर कलेजका निर्देशक सुवास आचार्य,आइ टि संकायका कोअर्डिनेटर खेमनाथ खतिवडा,काठमाण्डौं विश्वविद्यालय स्टिम एजुकेशनका हेड अफ डिपार्टमेन्ट एसिस्टेन्ट प्रोफेसर बिनोद प्रसाद पन्त लगायतले आफ्नो धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्