विराटनगरमा भोलि एनसेलको सांगीतिक कार्यक्रम हुने

<span class='c1'>विराटनगरमा भोलि एनसेलको</span> <span class='c2'>सांगीतिक कार्यक्रम हुने</span>

विराटनगर । एनसेलले विराटनगरमा गर्ने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ ।

विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी शनिबार दिउँसोबाट विराटनगर ७स्थित हाटखोला मैदानमा सुरु हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

सांगीतिक कार्यक्रममा नेपालको चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ । सांगीतिक कार्यक्रममा अभिनेत्री केकी अधिकारी, गायक दीपक बज्राचार्य, एन्ड रिदम ब्याण्ड, लाउरे, सुनिल पण्डित, शिव परियार, द एलिमेन्ट्स र अस्मिता अधिकारीको प्रस्तुती रहनेछ । उनीहरुले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी रमाईलो गर्नेछ ।

प्रस्तुती दिन कलाकारहरु विराटनगर शुक्रबार आइपुगेका छन् ।
एनसेलले दिदै आएको सेवाहरुको बारेमा प्रचार प्रसार गर्ने उद्देश्यले सांगीतिक कार्यक्रम आयोजना गरिएको हो ।

एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्