मेडिकल इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षा विराटनगरमा

मेडिकल इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षा विराटनगरमा

विराटनगर । विराटनगर ९ स्थित जहदा रोडस्थित एचिभर्स कन्सल्टिङ सर्भिसेसमा सिटिइभिटि र कक्षा १२ मा विज्ञान संकायमा अध्ययन गरेका विद्यार्थीहरुको लागि मेडिकल तथा पारामेडिकल र इन्जिनियरिङ लगायतका बिषयका पूर्वतयारी कक्षाहरु सञ्चालन भईरहेको छ।

मेडिकल इन्जिनियरिङ प्रवेश परीक्षाको लागि सम्पूर्ण तयारी कक्षा जेठ १४ गतेदेखि संचालन हुने एचिभर्स कन्सल्टिङ सर्भिसेस जनाएको छ।

मेडिकल तथा पारामेडिकल तर्फ एमबीबीएस, बिडिएस, बिएस्सी नर्सिङ, बिए एसएलपी, बी पफ्र्युजन टेक्नोलोजी, बिएस्सी एमएलटी, बीएस्सी एमआईटी, बी फार्मेसी, बिएएमएस, बिएनएस, बी अप्टोमेट्री, बिपीटी र बिपीएच गरी दर्जन बढी बिषयका कक्षाहरु सञ्चालनमा ल्याएको एचिभर्स कन्सल्टिङले जनाएको छ । एचिभर्सका अनुसार इन्जिनियरिङतर्फ पनि बिई, बी आर्क र बिएस्सी सिएसआईटी लगायतका बिषयको तयारी कक्षाहरु सञ्चालनमा छन् ।

प्लस टु पश्चात मेडिकल र इन्जिनियरिङको पूर्व तयारीका लागि राजधानी नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्न विराटनगरमा उक्त बिषयको तयारी कक्षाहरु सुरु गरीएको एचिभर्स कन्सल्टिङ सर्भिसेसका प्रबन्ध निर्देशक सुनिल जायसवालले बताए ।

उनले बिषयगत दक्ष तथा अनुभवी शिक्षकहरुको उपस्थितिमा इन्ट्रान्सको तयारी अब विराटनगरमै सम्भव हुने जानकारी दिए ।
यही जेठ १० गतेदेखि सञ्चालनमा आएको कक्षाका लागि एचिभर्सले हाल आवेदन खुलाईसकेको छ । सुरुवाती चरणमा दुवै बिषयमा १००/१०० जना विद्यार्थीहरु भर्ना लिने एचिभर्सको तयारी छ ।

एचिभर्सले भने कक्षा १२ मा राम्रो अङ्क सहित उत्तीर्ण हुने विद्यार्थीहरुका लागि आफ्नो भर्ना शूल्क परीक्षामा प्राप्त नतिजाको आधारमा छात्रवृत्तिको व्यवस्था समेत मिलाएको छ ।

धेरै जसो विद्यार्थीहरु Mock Test को लागि मात्रै काठमाडौँ बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अहिले विराटनगरमा एचिभर्स कन्सल्टिङ सर्भिसेसले पनि प्रतेक शनिवार Weekly Mock Test ओएमआर(OMR)सिटबाट लिने गरेको कार्यक्रम निर्देशक सुरज साहले (SKS) जानकारी दिए ।

पहिलो पटक ६० जना भन्दा बढी दक्ष तथा अनुभवी शिक्षकको टिमले एक पाठ एक शिक्षकले पठनपाठन गराउने निर्देशक पवन साह (PKS)ले बताए। उनका अनुसार बिहानको समयमा अनिवार्य भौतिक उपस्थिति भएर कक्षा आउनु पर्ने र साझको समयमा जूम बाट अनलाईन कक्षा संचालन हुने जानकारी दिए।

एचिभर्सले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कक्षा संचालन हुनु भन्दा अगाडी अभिमुखीकरण कार्यक्रम संचालन गरेको कार्यक्रम निर्देशक तुलसी यादव (TY)ले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्