विराटनगरको विराट लोगो

विराटनगरको विराट लोगो

-एसडी
विराटनगरको विराट लोगो
विराटनगरको ह्रदयमा नेपालको नक्सा बसेको छ
त्यस्तै सुन्दर दृश्य लोगोमा पनि देख्न सकिन्छ
ऐतिहासिक महानगरको लोगो आएको छ साथी
एउटा कविता अवश्य लेख्न सकिन्छ

"कला " त कला हो साथी
कलाको सम्मान गर्ने पर्छ
विराटनगरको लोगोमा सुर्य र चन्द्रमा अटेको छ
मन्दिर र मस्जिदको दृश्य अटाएको छ
सामाजिक एकता र सहिष्णुताको भाव झल्काएको छ
बौद्ध धर्मावलम्बीको टाशी छ्योइलिङ बौद्ध गुम्बा छुटेको छ
जैन मन्दिर छुटेको छ ।

विराटनगरको लोगोमा सिंघिया खोला छुटेछ
पाण्डवहरु वनबास बस्न आउदा बोकेको झोला छुटेछ
हवाइजहाज अटाउने विशाल लोगोमा
हजारौं विराटबासी बोक्ने सिटि रिक्सा छुटेछ
तीन जना पुरुष अटाउने एउटै महिला नअटाउने
लोगोमा २ लाख ४३ हजार मान्छे जन्माउने
महानगरबासीको महान "आमा " छुटेछ
मसाल बोक्ने युग सकिने लाग्दा
विराटनगरले विपीका साहित्य लोगोमा छुटाएको छ
राजनीतिका धेरै हस्तीहरुको लालित्य लोगोमा छुटाएको छ।

व्याण्ड बाजा मात्रै हैन
मादल र डम्फु पनी राखेको भए हुन्थ्यो
थारु समुदायको मजीरा, घुघरु, खैजडी पनी छुटेको छ
नेवार समुदायको धिमे बाजा पनी छुटेको छ।

पूर्णमद: पूर्णमिदम् पूर्णात् पूर्णमुच्यते।पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।।
विराटनगरको लोगोमा धेरै अटाएर पनि केहि छुटेको छ
विराटनगरको लोगोमा विराटनगर नै छुटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्