तीन महिनामै भाँचियो विराटनगरमा विश्वप्रसिद्ध फुटबलर पेलेको स्मारकको हात

तीन महिनामै भाँचियो विराटनगरमा विश्वप्रसिद्ध फुटबलर पेलेको स्मारकको हात

विराटनगर । गत चैतको ९ गते शहिद मैदान विराटनगरमा विराट गोल्डकपको उद्घाटन तामझामसहित गरिएको थियो ।

कार्यक्रम उद्घाटनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अथिति थिए । कार्यक्रमको व्यवस्थापन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए । उनकै अध्यक्षतामा भएको आयोजक समितिले विराट गोल्डकप आयोजना गरेको थियो ।

त्यहि अवसरमा शहीद मैदानमा विश्व प्रसिद्ध फुटबलर पेलको सालिक अनावरण गरिएको थियो । सहिद मैदानमा विश्व फुटबलका महान हस्ती ब्राजिलका पेलेको अर्धकदको सालिक अनावरण गरिँदा त्यस बारे सकारात्मक प्रतिक्रिया आएका थिए ।
इटहरीको भद्रकाली कला कुञ्जका प्रमुख अभिषेक तिम्सिनाले विश्वविख्यात फुटबलर पेलेको अर्धकदको सालिक निर्माण गरेर विराटनगरलाई उपहारस्वरुप प्रदान गरेका थिए । त्यसलाई महानगरपालिकाले स्थापना गर्ने स्थान निर्माण गरेर अनावरण गरेको थियो ।

तर, चैत ९ गते अनावरण गरिएको पेलेको सालिक अहिले भताभुङ्ग भएको छ । स्थापना गरेर संरक्षण नहुँदा त्यसको हालत हेर्न शहीद मैदान पुगे हुन्छ । सालिकको एउटा हात भाँचिएको छ । अर्को हातको औंला पनि भाँचिएको अवस्थामा छ । दुई हातले बोकेको फुटबल अहिले छैन । विराटनगर महानगरपालिका खेलकुद शाखा प्रमुख तारा श्रेष्ठले यस विषयमा जानकारी नभएको बताइन् । उनले तीन महिना अगाडी देखि आफूले शाखाको जिम्मेवारी पाएको बताएकी छन् । विराट गोल्डकपको समयमा त्यहाँको व्यवस्थापनको काम स्टोर शाखाले गरेको थियो । श्रेष्ठले कहाँनेर राखिएको छ भन्ने कुरा पनि आफूलाई जानकारी नभएको बताइन् ।

स्मारक अनावरण गरेर त्यसको संरक्षण बारे नसोच्दा अहिलेको स्थिति आएको हो। स्थापना गर्ने स्थान निर्माण गर्न लागेको खर्च बालुवामा पानी झैं भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्