आन्दोलनरत पक्षधरलाई वार्तामा बोलाउन संसदमा माग

आन्दोलनरत पक्षधरलाई वार्तामा बोलाउन संसदमा माग

विराटनगर । आन्दोलनमा रहेका पहिचान पक्षधरलाई वार्तामा बोलाउन सांसदहरुले माग गरेका छन् । कोशी प्रदेशको आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयलाई सम्बोधन सांसदहरुले तत्काल वार्तामा बोलाउन सरकारसँग माग गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले बहुमतको आधारमा नामकरण पास भए पनि बहुमतको आड्मा अल्पमतको कदर बिर्सिएको बताएका छन । उनले अगाडी बढ्दाबढ्दै मानिसले बोल्ने अधिकार नपाउने पहिचान पक्षधरलाई अपराधी जस्तो ठान्ने र जेलमा भए जस्तो हुनुपर्ने बताउदै प्रदेश लाई शान्त बनाउन चाँडै वार्ता बोलाउन पर्ने जोड दिए ।

यो गम्भीर भएर सोच्न पर्ने हुन्छ, कतै महाभारतको लडाइ जस्तो सृजना गरेका त छैनौ यो आन्दोलनलाई मनथन गर्न शान्त , सुरक्षा र स्वतन्त्र हिँड्नका निम्ति बहुमतको हुकमत नगराई वार्ता अगाडि बढाउन जरुरी छ । यस्तै नेपाली काँग्रेसका सांसद खगेनसिंह हांगामले कोशी प्रदेश नाम आएसँगै सडक र सरकारी कार्यलय अस्तव्यस्त रहेको बताए । उनले आफू पनि पहिचानको भूगोल, सभ्यतामा रहेकाले वार्ताको पक्षमा बोलाउन माग राखेका छन ।उनले आन्दोलनको क्रममा घाइते भएकालाई सरकार समक्ष उपचारको माग समेत राखेका छन ।

नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले पुनः नामकरणको आन्दोलनले आफ्नो परिचय लुकाएर हिँड्न पर्ने अवस्था आएको बताए । उनले प्रदेशको नाम राखेदेखी यता मुख्यमन्त्री गाउँ उक्लन नसकेको बताउदै उनले प्रश्न गरे, ‘मुख्यमन्त्री ज्यु बाहिर लागिरहेको जुलुस र भिड कहाँको हो उनीहरु यही प्रदेशका होइनन ?’

आन्दोलनमा उत्रिएका अधिकांश आन्दोलनको पक्षमा उभिएका सबै आफुहरुलाई मत दिएको बताउदै उनले भने ‘वार्तामा ल्याउन के ले छेक्यो ? केन्द्र सरकारले छेक्यो कि ? प्रतिपक्षले छेक्यो कि ? मलाई लाग्दैन त्यस्तो केहिले छेकेको ।

नेपाली काँग्रेसका संसद गोपाल तामाङले प्रदेशको नामकरणको विरोधका कारण परिचयपत्र लुकाएर हिँड्न पर्ने अवस्था आएको बताए । उनले हिजो पनि ठुला ठुला आन्दोलन गरेर आएको दल सदनमा रहेको बताउदै उनले सरकार किन मौन रहेको भन्दै प्रश्न गरे ।
बैठकमा राप्रपाका सांसद गोपाल बहादुर विश्वकर्मा, माओवादी केन्द्रका सासद तारादेवी ढकाल लगायतले आन्दोलन पक्षधरलाई वार्तामामा बोलाउनु पर्नेमा जोड दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्