हातको हतकडीले घाँटी रेट्ने प्रयास

हातको हतकडीले घाँटी रेट्ने प्रयास

विराटनगर । जिल्ला सरकारी वकिलको कार्यालय मोरङ परिसरमा एकजना थुनुवाले गलत प्रयास गरेर मृत्युवरण गर्न खोजेका छन् ।

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका उर्लाबारीका ३० वर्षीय केशव नेपालीले कार्यालयको शौचालयमा हत्कडीले घाँटी रेटेका हुन् ।

त्यस क्रममा गम्भीर घाइते नेपालीलाई कोशी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार संभव नभएपछि थप उपचारको लागि नोबेल हस्पिटल लगिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेका उनलाई प्रहरीले म्याद थप गर्न मोरङ अदालत लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्