विराटनगर । समुदाय स्तरको स्वास्थ्य र पोषण सर्वेक्षण सम्बन्धि तिन दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
बुढीगंगा गाउँपालिकाको आयोजना तथा स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल, सीआईओ (CIO) र सीएएफओडीएटी (CAFODAT) संगको साझेदारी तथा प्राविधिक सहयोगमा अभिमुखीकरण तालिम सम्पन्न भएको हो।
गाउँपालिकाको अध्यक्ष जित नारायण थापा मगरको अध्यक्षतामा संचालित तालिममा पालिकाका जनप्रतिनिधि, सर्वेक्षकहरु, प्रमुख प्रशासकीय अधिकृत , स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख तथा सम्पूर्ण शाखाहरुको प्रमुखका साथ साथै हर्ड नेपाल , सीआईओ (CIO) र सीएएफओडीएटी (CAFODAT) का प्रतिनिधिहरु सहभागी रहेको थियो।
गाउँपालिका भित्रको सात वटै वार्डको ४०६ घर दुरीमा पुगेर ५ बर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य र पोषण सम्बन्धित विविधि जानकारी संकलन गर्ने र उचाई,तौल र एमयुएसी(MUAC) लिने जस्ले गर्दा बच्चाको पोषण अवस्थाको बारेमा जानकारी लिनको लागि सर्वेक्षण गरिएको हर्ड नेपालको संस्थापक अध्यक्ष राकेश कुमार यादवले जानकारी दिए।
परिवारको बारेमा स्वास्थ्य तथा पोषण सम्बन्धि सूचना संकलन गरेर पालिकाको स्वास्थ्य तथा पोषणको प्रोफइल तयार गर्ने र स्थानीय स्तरमा देखिएका समस्या र चुनौतीहरुलाई समाधान गर्नको लागि बार्षिक कार्यक्रममा राखेर कार्यन्वयन गर्नको लागि योजना बनाउने र पालिका स्वास्थ्य तथा पोषणको निति तथा कार्यक्रम बनाउनमा मदत गर्ने हर्ड नेपालले जनाएको छ। साथै हर्ड नेपालले पालिकाको शिक्षा तथा स्वास्थ्य प्रणाली सुदृढ़धिकरण गर्नको प्राबिधिक सहयोग गर्दै आएको अध्यक्ष यादवले बताए ।
तालिम सहजीकरण स्वास्थ्य शाखा प्रमुख बासुदेव रेग्मी, हर्ड नेपालको संस्थापक अध्यक्ष राकेश कुमार यादव तथा CAFODAT, CIO संस्थाबाट श्री नारायण पन्थी, राजन भण्डारीले सहजकर्ता गरेका थिए।