विराटनगर अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधि भानु मेमोरियललाई

विराटनगर अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधि भानु मेमोरियललाई

विराटनगर । विराटनगर अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा भानु मेमोरियल प्रथम भएको छ ।

आइतबार महिनावारी स्वच्छता दिवसको अवसरमा विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले संचालन गरेको प्रतियोगितामा भानु मेमोरियलकी श्रेया निरौला प्रथम भएकी हुन् ।

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको लागि आयोजना गरिएको वक्तृत्वकला प्रतियोगीतामा १६ विद्यालयका ६० जना विद्यार्थी सहभागी भएका थिए। फाइनल राउण्डका लागि छनोट भएका १६ जना उत्कृष्ट विद्यार्थीहरुले फाईनल प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा भाग लिएका प्रतियोगीहरु मध्ये भानु मेमोरियलकी श्रेया निरौला प्रथम , श्री नरग्राम उच्च माविकी निशु कार्की द्वितीय र डिएभी स्कुलकी सेजल मेहेता तृतीय भएकी छिन् ।


प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार नगद सहित प्रमाणपत्र र ‘ह्वाइट मुन’को प्याड गिफ्ट ह्याम्पर दिएका छन् । भने द्वितीय हुनेलाई ६ हजार नगद ‘ह्वाइट मुन’को प्याड गिफ्ट ह्याम्पर र तृतीय हुनेलाई ३ हजार नगद ‘ह्वाइट मुन’को प्याड गिफ्ट ह्याम्परले पुरस्कृत गरिएको साथै प्रतियोगितामा सहभागी सबैजनालाई प्रमाणपत्र वितरण गरिएको विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले जनाएको छ।

कार्यक्रमको प्रमुख अतिथि विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्कीले प्रतियोगीहरु पुरस्कार वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्