सरकार र आन्दोलनकारीको चेपुवामा विराटनगरका जनता, मन्त्रालय

सरकार र आन्दोलनकारीको चेपुवामा विराटनगरका जनता, मन्त्रालय

सुजता लिम्बु
विराटनगर । प्रदेश १ ले कोशी नाम पाएपछि प्रदेशको नाम खारेजीको माग राख्दै पहिचान पक्षधरका विभिन्न संघ संगठनले थालेको आन्दोलन तीन महिना भएको छ । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचानपक्षधर प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन् ।

प्रदेशको राजधानी विराटनगरलाई लक्षित गर्दै भएको आन्दोलनले पूर्वी पहाडी जिल्लालाई पनि प्रभाव पारेको छ । जिल्लाका सरकारी कार्यालयमा सहज ढंगले काम गर्ने वातावरण नभएको गुनासो सोही क्षेत्रमा कार्यरत कर्मचारीहरुको गुनासो रहेको छ । पहाडी जिल्लामा कोशी नाम लेखिएको सरकारी बोर्ड भत्काउने साथै लेटरप्याड समेत जलाउने जस्तो क्रियाकलापहरु भइरहेका छन् भने कोशी प्रदेशका प्रदेशसभा सदस्यहरु आफ्नो निर्वाचन क्षेत्र पुग्न सकेका छैनन ।

आइतबार बसेको प्रदेशसभाको बैठकमा समेत शुन्य समयमा प्रदेससभा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले आफूहरु असुरक्षित भएको र सांसदको लोगो गोजिमा लुकाएर हिँड्नुपर्ने अवस्था आएको भन्दै आन्दोलनरत पक्षलाई यथासिघ्र वार्तामा बोलाउन माग राखेका छन् । यता, सत्तामा रहेको एमाले भने प्रदेशको नामको विषय केन्द्र सरकारको जिम्मामा रहेको भन्दै पन्छिन खोजको छ । आइतबार बसेको एमाले संसदीय दलको बैठकको प्रतिक्रिया दिँदै एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले नामको विषय प्रदेश सरकारको नरहको बताउदै प्रदेश सरकार कार्यकारी वार्ता बनाउने नभएको बताए । उनले आन्दोलन पक्षले हामी संविधानलाई मान्छौ भनेर स्विकारे यसको ‘ल्यान्डिङ’ हुने जिकिर गरे । उनले भने,‘संवैधानि कानुनको प्रक्रिया भित्र रहेर उपाय खोज्ने कुरा गर्दा वार्ता समिति बन्ला तर त्यो कुराको लागि उहाँहरु तयार हुनुप¥यो ।’ आन्दोलन पक्षधरले लिखितपत्र सहित वार्तामा आउनुपर्ने उनले बताए । यता, तीन महिना सडकमा आन्दोलन गर्दा समेत प्रदेश सरकार मौन रहनु र वार्ताको विषयमा मुख्यमन्त्रीको धारणा उल्लेख नहुनुले आफूहरुको मुद्दाको विषय र आन्दोलनको विषयमा सरकारको ध्यान नगएको आन्दोलनपक्षधरको आरोप छ ।

मन्त्रालय नै असुरक्षित
आइतबार दिनभर जस्तो विराटनगरस्थित देवकोटा चौक तनावग्रस्त बन्यो । आन्दोलनकारी र प्रहरीबीचको झडपमा दर्जनौ सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भए । त्यसमा आन्दोलनको चेपुवमा मन्त्रालय समेत पर्न गयो । अझ भनौँ स्वास्थ्य मन्त्रालय सुरक्षित रहन सकेन । ढुंगा प्रहारले मन्त्रालयका झ्याल, ढोका तोडफोड भएको छ । यता, प्रदेश सरकारका स्वास्थ्य मन्त्री स्वयम सरकार पक्ष र आन्दोलनपक्षबाट असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेकी छिन् । प्रदेशसभाको बैठकमा बोल्दै मन्त्री लिम्बूले स्वास्थ्य मन्त्रालयमा आफ्नो कार्यकक्षमा सरकारपक्षबाट समेत गोली र अश्रुग्यास हानिएको आरोप लगाएकि थिइन् ।

उनले पहिचान पक्षधरको शान्तिपूर्ण आन्दोलनलाई विथोल्ने काम भएको बताउदै उनले भनिन्,‘ म बस्ने मेरो चेम्बरमा गोलि हानिएको छ । सबैले हेर्न सक्नु हुन्छ । यसको न्याय कसले दिने । त्यो गोली मलाई लाग्न सक्थ्यो । यस्तो अवस्थमा पनि प्रदेश सरकार कान बन्द गरेर बस्न सक्छ । यदि त्यस्तो हो भने भोली म मा आउने समस्याको जिम्मेवारी कसले लिने’
उनले सरकारले गोली ठोक्ने आफैलाई पहिचान पक्षधरले ढुंगा हान्ने आफैलाई भन्दै उनले सदनबाट पनि जवाफ चाहिने बताएकी थिइन् ।

जनतालाई सास्ती
प्रदेशसभा भावन अगाडी बल्ड बैंक रहेका छ भने रेडकक्रस सोसाइटी पनि त्यही छ । जहाँ दैनिक जस्तो बिरामीकालागि रगत लिन सेवाग्राहीहरु आउने गर्छन आन्दोलनका कारण पनि सेवामा समस्या परेको थियो । यता, प्रदेशसभा भन्दा उत्तरपट्टी कोशी अस्पताल छ जहाँ विराटनगर आसपास, पूर्वी पहाडी जिल्ला देखि उपचारका लागि बिरामीहरु आउने मुख्यमख्य केन्द्रको रुपमा लिइन्छ । त्यहीँ आसपास थुप्रै औषधी पसलहरु छन् । आन्दोलनलाई लक्षित गरेर गरिएको कडा सुरक्षा व्यवस्थाले अस्पतालमा आउने थुप्रै सेवाग्राही मारमा परेका थिए । गर्भअवस्थामा रहेको समय दैनिक चेकजाँचकालागि आउने महिला देखि ज्वरोले गलिएको नाबालिक छोरी च्यापेर आउने सवोग्राही समेत चिकित्सकसम्म पुग्न सुरक्षाको घेरा नाघेर जाने अवस्था थिएन । सरकार र आन्दोलनकारी बीचको मारमा सर्वसाधरणले सास्ती बेहोर्नुपरेको सुनसरी बिनिता ढकाल बताउछिन् । अस्पतालको छेवैमा आन्दोलन गर्नु र कडा सुरक्षाका कारण जनता मारमा पर्नु गलत रहेको उनको भनाई थियो ।
‘सुगर, प्रेसरको बिरामी बुवा लिएर आएको, फलोअपका लागि आएको डाक्टर अस्पताल पुग्नुभएछ ’ उनले आक्रोशित हुँदै सुनाइन्,‘ अस्पतालमा बोलाउनुभएकोछ, डाक्टर साबले अब कसरी जाने होला ? गोरुको जुधाईको बाछाको मिचाई जस्तै भयो ।’

अक्रोशित आन्दोलन पक्ष
आइतबार बिहानैदेखि प्रदेशसभा घेराउमा तैनाथ भएर बसेका आन्दोलन पक्षका करिब २३ जनालाई प्रहरीले बिहानै पक्राउ गरे । त्यसपश्चान प्रहरी र शसस्त्र प्रहरीले चिया पसल, खाना खाने होटलबाट पुनः नामकरण संघर्ष समितिका नृतत्व किरात राई यायोक्खाका संघीय अध्यक्ष जीवन हाताछो समेतलाई पक्राउ गरेका थिए । उनीहरुलाई करिब रातको १ बजे प्रहरीले रिहाइ गरिसेकका छन् । नेतृत्व नै पक्राउ गरेपछि आन्दोलन केही कम्जोर हुन्छ भन्ने आंकलन भए पनि प्रदेशसभा बैठक सुरु नै नभई सहिद रंगशाला हुँदै आन्दोलन पक्षधर नारा जुलुस लगाउदै प्रदेशसभा तर्फ लम्किन सुरु गरेको थियो । प्रशासनले ताकेको निषेधाज्ञा तोड्दै प्रदर्शनकारी प्रदेशसभा तर्फ जान खोज्दा प्रहरी र आन्लोलनकारी बीच झडपको सृजना भएको थियो । उनीहरुले ग्याटीस, ईट्टा प्रहार गर्न सुरु गरेपछि केही समय देवकोटा चौक तनावग्रस्त नै बन्न पुगेको थियो ।

लडाई र उपचारको मैदान एउटै
आन्दोलनमा घाइते भएका सरक्षाकर्मी र आन्दोलनकारी एउटै अस्पतालमा उपचारका लागि पु¥याइएको थियो । कोही न्युरो अस्पतालमा त कोही कोसी अस्पतालमा उपचारका लागि लगिएको थियो । समाजिक सञ्जाल फेसबुकमा विराटनगरका संचारकर्मी माहन मानन्धरले अस्पतालको फोटो पोष्ट गर्दै लेखेका छन्,‘आशिरमा एउटै बेडमा पु¥यायौ होइन ? ।’
तस्वीरमा आन्दोलन पक्ष र सशस्त्र प्रहरी एउटै शैययामा उपचारका क्रममा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्