आन्दोलनरत पक्षलाई वार्तामा आउन मुख्यमन्त्री कार्कीको आग्रह

आन्दोलनरत पक्षलाई वार्तामा आउन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् ।

१६ औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालय आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको नाम ‘कोशी’प्रति असहमति जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेका हुन् ।

संविधान र कानूनले प्रत्यभूत गरेका अधिकारसहित गरिएको नामकरणको बारेमा केही विमतिहरु भए आगमी निर्वाचनमार्फत कानून र संबैधानिक प्रक्रिया अगाडि बढाउन उनले अनुरोध समेत गरेका छन् ।

"आफ्ना हिंसात्मक गतिविधिहरु छाडेर सरकारसँग सम्बाद र छलफल गर्न आह्वान गर्दछु । उनले भने" हामी सम्बाद र छलफलबाट नै निष्कर्षमा पुग्न सक्छौं’!

आइतबार बाहिर पहिचान पक्षधर आन्दोलनमा उत्रीरहदा प्रदेशसभा भित्र बैठक चलिरहेको थियो । कडा सुरक्षाका साथ बैठक संचालन गर्दा प्रशासनले तोकेको निषेधाज्ञा क्षेत्र तोड्दै आन्दोलन पक्ष अगाडी बढ्दा आन्दोलनकारी र सुरक्षाकर्मी समेत घाइते भएका थिए ।
प्रदेश सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाउन सरकार समक्ष माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्