पक्राउ परेका २६ जनालाई नछाडे हड्तालमा उत्रने पहिचान पक्षधरको चेतावनी

पक्राउ परेका २६ जनालाई नछाडे हड्तालमा उत्रने पहिचान पक्षधरको चेतावनी

विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकालाई छोड्नु पर्ने माग गर्दै यदि नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल आह्वान गर्ने चेतावनी दिएका छन् ।

आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । २६ जना अझै प्रहरी हिरासतमा छन् । उनीहरुलाई छोड्नु पर्ने दवाव दिन मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङ घेराउको कार्यक्रम राखिएको छ ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता तत्काल रिहाइको माग गरेको छ । यदि माग सम्बोधन नभए बुधबारबाट अनिश्चितकालीन आमहडताल गर्ने चेतावनी दिइएको छ।

प्रहरी नियन्त्रणमा रहेका २६ जनालाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भइसकेको छैन । पक्राउ परेकाहरुलाई के गर्ने भन्ने निर्णय गर्ने तयारी भईरहेको छ । प्रहरीमाथि आक्रमण तथा मन्त्रालयमा भएको तोडफोडमा जिम्मेवार ठहर गर्दै २६ जनालाई प्रहरीले नियन्त्रणमै राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्