पहिचान पक्षधरको आम हड्ताल फिर्ता

<span class='c1'>पहिचान पक्षधरको आम</span> <span class='c2'>हड्ताल फिर्ता</span>

विराटनगर । कोशी नाम खारेजीका माग राख्दै आन्दोलनरत पक्षले आम हड्तालको कार्यक्रम फिर्ता लिएको छ ।

विराटनगरमा आइतबार आन्दोलनको क्रममा पक्राउ परेका बाँकी पहिचानवादीलाई रिहा गरिने भएपछि पुनः नामाकरण संघर्ष समितिले घोषणा गरेको आम हड्तालको कार्यक्रम फिर्ता लिइएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आज (मंगलबार) भएको छलफलमा बाँकी रहेका २६ जनालाई रिहा गर्ने सहमति भएको हो ।
यसअघि आन्दोलनको क्रममा पक्राउ परेका ८६ जनामध्ये ६० जना रिहा भएका थिए ।

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेश अशान्ति बनेको छ । आइतबार प्रदेशसभा भित्र बैठक बस्दै गर्दा बाहिर भने पहिचान पक्षधर र प्रहरीबीच झडप समेत भएको थियो । झडप हुँदा दुवै पक्षका ३० जना बढी घाइते समेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्