नक्कली भुटानी शरणार्थी प्रकरण : तीन आरोपितको बयान लिन सुरु

<span class='c1'>नक्कली भुटानी शरणार्थी प्रकरण :</span> <span class='c2'>तीन आरोपितको बयान लिन सुरु</span>

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा आरोपितहरु इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको बताइएको छ ।

इन्द्रजित राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उहाँलाई आज बयानका लागि लगिएको हो । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्