मुख्यमन्त्री कार्कीलाई असजिलो पार्न कोशी सरकारबाट जसपा बाहिरिदैं

<span class='c1'>मुख्यमन्त्री कार्कीलाई असजिलो पार्न</span> <span class='c2'>कोशी सरकारबाट जसपा बाहिरिदैं</span>

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ ।

जसपाको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो । सुनसरीको इटहरीमा सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको बुझिएको छ ।

एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते लिम्बु सहभागी भएकी थिइन् । केन्द्रमा सत्ता गठबन्धन दलमा रहेका दलहरु माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्नेमा कांग्रेसले जोड दिइरहेको थियो ।

लिम्बुलाई मन्त्रीबाट फिर्ता बोलाएर समर्थनबाट हटेपछि कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ । जसपाले आधिकारिक धारणा आज पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।

अब माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भईरहेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्