जेभियर्स स्कुलका २३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

जेभियर्स स्कुलका २३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विराटनगर । हर्ड नेपालले बुढीगंगा २ स्थित जेभियर्स इङ्गलिस स्कुलका २३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

हर्ड नेपालले बुढीगंगा गाँउपालिका भित्रका गरिब, बिपन्न परिवारका २३ जना जेहेन्दार विद्यार्थीलाई कक्षा १२ सम्मका लागि छात्रवृत्ति प्रदान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक परेश पोखरेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बुढीगंगा गाँउपालिकाका अध्यक्ष जितनारायण थापा मगरले गरिबिका कारणले शिक्षाको उज्यालो ज्योतिबाट विमुख हुन पुगेका २३ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरेकोमा हर्ड नेपाललाई धन्यवाद दिएका थिए।

हर्ड नेपालका संस्थापक अध्यक्ष राकेशकुमार यादवले छात्रवृत्ति प्राप्त गरेका बालबालिकालाई वर्ष भरिको लागि आवश्यक पठनपाठन खर्च, शैक्षिक सामाग्री, कपडा, जुत्ता, झोला उपलब्ध गराउदै आएको बताए।

हर्ड नेपालले नेपालसहित अन्य ७ वटा देशहरुमा करिब ४५ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको यादवले बताए । यी २३ जना विद्यार्थीलाई उच्च शिक्षा सम्म छात्रवृत्ति निरन्तर रहने उनले बताए । मोरङ जिल्ला भरिका विद्यालय छनौट गर्दा जेभियर्स स्कुल मापदण्ड अनुसार उत्कृष्ट भई छनौट भएकोले जेभियर्स स्कुलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उनले बताए।

उक्त कार्यक्रममा समाजसेवी बाबुराजा ओझा, गोविन्दप्रसाद पोखरेल, विद्यालयका सञ्चालकद्वय जनक ढकाल र तुलसी खतिवडाले लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्