काँग्रेसका १४ जिल्लाका सभापतिद्वारा ‘कोशी’ नाममा पुनर्विचार गर्न माग

काँग्रेसका १४ जिल्लाका सभापतिद्वारा ‘कोशी’ नाममा पुनर्विचार गर्न माग

विराटनगर । नेपाली काँग्रेसका १४ जिल्लाका सभापतिहरुले उक्त नाममा पुनःविचार गर्न आव्हान गरेका छन् ।

'कोशी'नाम खारेजको माग गर्दै प्रदेशमा पहिचानवादीको आन्दोलन तीब्र बन्दै गएपछि कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरुद्वारा संयुक्त रुपमा आज (बुधबार ) विज्ञप्ति जारी गर्दै नाममा पुर्नविचार गर्न आग्रह गरेका हुन् ।

‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने नेपाली काँग्रेस लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, पहिचान र विविधता तथा बहुलताको रक्षक हो, अगुवा हो । नेपाली काँग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात गर्दै गल्ती कमजोरीहरुलाई सच्याउने सहस गर्न सक्छ,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुनःविचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग विशेष आग्रह गर्दछौं ।

यसैगरी घाइते आन्दोलनकारीहरु तथा सुरक्षाकर्मीहरुको यथोचित उपचारमा ध्यान दिइयोस् । संयमित विरोध र विरोधको सम्मान लोकतन्त्रको महान मन्त्र हो भन्ने पनि सम्बन्धीत सबैलाई स्मरण गराउँदछौं ।’

वार्ताबाट समस्याको समाधान खोज्न माग गर्दै उनीहरुले पहिचान पक्षधर जनताले आफ्नो माग सुनुवाईका लागि गरिरहेको आन्दोलनमा भएको सरकारी दमनको घोर भत्र्सना पनि गरेका छन् । ‘प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले अहिले विरोध गरिरहेको छ । यो विरोधकको सुनुवाई नेपाली काँग्रेसको नेतृत्वले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जननायक विपी कोइरालाले ७ दशक अघि नै समावेशीकरण र पहिचानको पक्षमा नेपाली काँग्रेसलाई दृढताका साथ उभ्याउनु भएको स्मरण गर्दै अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौं ।’

पहिचान पक्षधरको आन्दोलन तिव्ररुपमा बढेपछी कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले आन्दोलन पक्षलाई यथाशीघ्र वार्तामा बोलाउन सरकार समक्ष माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्