विराटनगरकी खुश्बु विहेको भोज खान गएकी २४ घण्टा वितिसक्दा पनि घर नफर्किएपछि

विराटनगरकी खुश्बु विहेको भोज खान गएकी २४ घण्टा वितिसक्दा पनि घर नफर्किएपछि

विराटनगर । विराटनगर ११ जनपथ टोलकी एक १३ बर्षिया बालिका खुश्बु कुमारी साह छिमेकीको विहेको भोज खान गएकी थिईन् । तर पनि २४ घण्टा वितिसक्दा पनि घर नआएपछि आमाबुबा यतिबेला छोरीको खोजिमा भौतारिहेका छन् ।

विराटनगर ११ सरोचिया स्थित रोनियार धर्मशाला भवनमा मंगलबार प्रिति भोज थियो । छिमेकीसंगै प्रिति भोज खान पुगेकी खुश्बु अहिलेसम्म घर नफर्किएपछि उनका अभिभावक यतिबेला प्रहरी र पत्रकारहरुलाई गुहार्दै हिडिरहेका छन् ।

ग्रामेन्ट उद्योगमा मजदुरी गर्दै आएका खुश्बुका बुबा सुनिल कुमार साह अहिले जिल्ला प्रहरी कार्यालय मोरङ र आवर विराटनगरको कार्यालयमा फोटो सहित छोरीको फोटो देखाउदै खोजिदिन पहल गरिरहेका छन् । विराटनगर ११ मा रहेको जनपथ स्कुलमा कक्षा ४ मा अध्ययनरत खुश्बुलाई जो कोहीले देख्नुहुने या चिन्नुहुनेले प्रहरी कहाँ सम्र्पक गराईदिन साहले आग्रह गरे ।

उनले आफ्नो मोबाइल नम्बर ९८११०३१७२९ पनि जानकारी दिन आग्रह गरेका छन् । खुश्बुको खोजीमा आफन्त र ईष्टमित्र सबै कहाँ गईसकेको तर पनि अहिले सम्म घर नफर्केका कारण छोरीको चिन्ता लागिरहेको छ बुबा सुनिलले भने, खुस्बु गएराती १० बजेदेखी वेपत्ता छिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्