कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले दिइन राजीनामा

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले दिइन राजीनामा

विराटनगर । काेशी प्रदेशकाे स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पदबाट राजीनामा दिएकी छन् ।

बुधबार बसेकाे जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् । उनी गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।

राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताइन । पहिचान पक्षधरको आन्दोलनलाई सम्बाेधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले बताइन् ।

पहिचानबादी पक्षबाट आफ्नो चरित्र हत्या गरेकाे बताउदै उनले सरकारमा बसेर पहिचानको मुद्दा उठाउदा आफुमाथि पहिचान पक्षधरबाट नै आक्रमणको प्रयास भएको बताइन् । आइतबार विराटनगरमा पहिचान पक्षधरले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा भएको थियो ।

जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पहिचानको मुद्दा सम्बाेधन नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्थामा पुगेकाे बताए । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचान पक्षधर सडक आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्